Headlines News :

WATCH VIDEO

ONLINE RADIO

BUDDHA WAS BRON IN NEPAL

Mounting created Bloggif

WATCH HOT MOVIE

Mounting created Bloggif

ONLINE VISITORS

नेपालको नाम कसरी राखीएको हो नेपाल

 हाम्रो देशको नाम नेपाल कसरी रहन गयो भन्नेमा थरीथरीका मत छन् ।ने नाम गरेका ऋषि बस्ने ठाउँबाट नेपाल रहन गएको एउटा भनाइ छ । अर्को मान्यता अनुसार तिब्बती भाषा नियमपालबाट यो शब्द आएको हो । यसको अर्थ हुन्छ, पवित्र भूमी । अर्काथरीको भनाइमा ने को अर्थ ऊन र पालको अर्थ तिरपालबाट आएको हो ।
धेरै लामो समय पहिला, नेपाल धेरै मात्रामा ऊनको उत्पादन गथ्र्यो र तिरपालको घरको प्रयोग ऊन राख्नलाई गरिन्थ्यो।झापाका एकजना अनुसन्धानकर्ता हरिध्वज तिमिल्सिना खत्रीको नयाँ पुस्तकमा नेपालको नाम कसरी जुर्‍यो भन्ने ऐतिहासिक तथ्य समेटिएको छ । अहिले पनि कतिपयले काठमाडौंलाई नेपाल भनेर चिन्ने गर्छन् । बाहिरी जिल्लाका मान्छे काठमाडौं जाँदा ‘नेपाल जाने’ भन्ने चलन हराइसकेको छैन ।देशभरका गाविसका नाम कसरी जुर्‍यो भन्ने तथ्य केलाउँदै जाँदा तिमिल्सिनाले नेपालको नामबारे पनि ऐतिहासिक तथ्य फेला पार्नुभएको हो । बजारमा आउनै लागेको यो पुस्तकमा नेपालको नामबारे यसरी उल्लेख गरिएको छ |

धेरै वर्ष पहिले चारैदिशा र चारै कोणबाट पहाडै पहाडले छेकबार गरेको काठमाडौंमा आकाशे पानी र खोलानालबाट बगेर आउने अबिरल जल थुप्रियो । निकासको कुनै ठाउँ भएन । त्यसैले पानी जम्दै गएर विशाल सरोबर बन्न पुग्यो । खोलानालाले बगाएर ल्याएको नानाभाँती खाद्य पदार्थको आहार पाइने यस सरोबरमा जलचर प्राणीको रचना सुरु हुन थाल्यो ।त्यसपछि थलचर तथा उभयचर प्राणीको पनि विकास हुन थाल्यो । यही क्रममा अर्को प्राणीले पनि त्यहाँ आश्रय खोज्यो, त्यो प्राणी थियो हामो पुर्खा मनुष्य । आहाराको सुलभताले लोभिएको मुनष्य प्राणी सरोवरको पानीले नभेट्ने पहाडको फेदीतर्फ ओभानो ठाउँ छानी बस्न थाले ।
त्यस्ता ठाउँमा आफ्नो बसोबास थाल्ने यी मनुष्यलाई नीपालयी भनेर चिनिन थालियो । किनभने नीप शब्दको अर्थ पहाडको फेदी, आलय शब्दको अर्थ वासस्थान वा घर । यस आशयले पहाडको फेदीतर्फ बस्ने जाती नीप र आलय भएर नीपालय भयो । पछि नीपालयलाई नीपाल भनिन थाल्यो । नीपाल नै नेपाल बन्न पुगेको पुस्तकमा उल्लेख छ ।नीपालयीहरुले बसोबास गरेको यो काल त्रेतायुगीन काल थियो । लेखक तिमिल्सिनाले गरेको अनुसन्धान अनुसार नीपालयबाट शब्दको सहजताले नेपाल कहलिन हजारौं वर्ष लागेको थियो ।

Today Horoscope 26th December 2013

आज मिति २०७० साल पौष ११गते बिहीबार,तदनुसार दिसम्वर २६ सन् २०१३, श्रीशाके १९३५,नेपाल संवत् ११३४,

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,अ) –पारिवारिक जमघट बढ्ने,राजनैतिक क्षेत्रमा सफलता, गरेको प्रयास सार्थक रहनेछ दिन शुभछ उपयोग गर्नुहोला ।
~
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –गर्न खोजेको काम विफल शुनेछन,मनमा असान्ति छाउने,स्वास्थ्यमा एक्कासी गडबढी आउ सक्नेछ सर्तक हुनुहोला ।
~
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को,ह) –मानसिक पीडा थपिने,मानहानी, आफन्त बाट धोका हुन सक्ने,आम्दानीका श्रोतहरू घट्नेछन् नआतिनु होला ।
~
कर्कट (हि, हु, हे, हो , डा, डि, डु, डे, डो)–विरोधीहरू सक्रिय हुनेछन्,अपजस आईलाग्ने,अनाश्यक टकराव खेप्नु पर्ने दिन शुभ छैन चनाखो रहनुहोला ।
~
सिंह (मा, मि, मु, मे, मो, टा, टि,टु, टे) –सबै क्षेत्रबाट लाभ पाइन सक्ने,आर्थिक समस्याको समाधान हुने, नविन कार्यको थालनी गर्दा राम्रो,दिन शुभ रहेको छ।
~
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे,पो ) –यश कृति बढ्ने, शतुमाथि विजय हासिल,घरमा नयाँ मान्छेको आगामन हुनेछ, दिन सुखद् बित्नेछ ।
~
तुला (र, रि, रु,रे, रो, ता, ति, तु,ते) –आफन्तजनसंग मनमुटाव हुन सक्ला,मन चञ्चल रहने, पेटवा कम्मरको रोग लाग्ने,चिन्ता पर्ने खवर प्राप्त होला ।
~
बृश्चिक (तो, ना, नि, नु, ने, नो,या, यि,यु)–आटेजति काम गर्न असफल, अफन्तबाट विरोध आउनेछ,व्यापारमा मन्दी आउने,दिन सामान्य रहेको छ ।
~
धनु(ये, यो, भ, भि, भु, ध, फा, ढ,भे) –टाढाबाट धनप्राप्त हुन सक्नेछ,प्रियतम संग भेट घाट हुनेछ, धार्मिक क्षेत्रबाट लाभ पाइनेछ, स्वास्थ्य राम्रो रहेछ ।
~
मकर (भो, ज, जि, खि, खु, खे, खो,गा, गि)–नयाँ ठाँउमा जाँदा आदरसत्कार पाइने,नयाँ क्षेत्रमा गरेको लगानीबाट मनग्य आम्दानी, दिन अत्यन्त राम्रो छ।
~
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो,द) –सरकारी कार्य असफल हुन सक्छ,मुद्दा मामिलामा हात नहाल्नुहोला,इज्जतमा आँचआउन सक्नेछ ।
~
मीन (दि, दु, थ, झ, ञ, दे, दो , च,चि) –चोटपटकको भय,टाढाको यात्रा असफल हुनेछ जोगिनुहोला, नास्तिक विचारले सताउनेछ,समय खराव रहेको छ ।

आजको विदेशी मुद्राको बिनिमये दर 26th December 2013

Today Exchange Rate 26th December 2013
==============================
अमेरिकी डलर        ९८.९१
अस्ट्रेलियन डलर    ८८.१८
युरो                        १३५.१४
क्यानेडियन डलर     ९३.०२
जापनिज एन         ०.९५
सिंगापुर डलर          ७८.००
हंगकंग डलर           १२.७६
मलेसियन रिंगिट     ३०.०२
थाई बाह्ट                 ३.०३
चाइनिज युवान       १६.२९
साउदी रियाल          २६.३७
कतारी रियाल          २७.१७
यु. ए. इ. दिरहम        २६.९३
बह्रैनी दिनार              २६३.१६
ओमानी रियाल         २५७.०७
ब्रिटिश पौण्ड             १६१.८१
स्विस फ्र्यांक            ११०.३८


Royal Massacre Nepal : Documentary of Nepali king Birendra

Rajesh Hamal to get married in Fagun this year

नेपाली चलचित्र उद्योगमा २५ बर्षदेखि लगातार फिल्महरु दिइरहेको महानायक राजेश हमालको बिहे कहिले होला ?? तपाइलाई पनि जिज्ञासा हुन सक्छ । तर अब ढुक्क हुनुहोस, हाम्रा चलचित्र उद्योगको महानायकको बिहे आउदो फाल्गुनमा हुने पक्का भएको छ ।यसअघि अगामी माघमा बिहे हुने भन्ने चर्चा चलेको भएपनि बिहे एक महिना पछाडी फाल्गुनमा मात्र हुने नायक हमालले जानकारी गराएका छन हुनेवाला श्रीमती मधु भट्टराईको परिवारमा केही दुखद घटना भएकाले माघमा भनिएको बिहे फाल्गुनमा सरेको हमालको भनाई छ । हमालले पहिलेदेखि नै भन्दै आएको कुरा बिहेमा तामझाम नहुने फेरी पनि दोहोर्याउदै सबै तयारी भित्री रुपमा भइरहेको खुलासा गरे । बिहेपछिको हनिमुनको बिषयमा भने हमाल आफु र मधु जहां हुन्छन त्यही हनिमुन हुने अभिव्यक्ति दिए । फिल्ममा कयौ पटक दुलाहा बनिसकेका यी सुपरस्टार अब सच्चिकै दुलाहा बन्ने खब रले उनका फ्यानहरु समेत हर्षित हुनेछन । हमाललाई दाम्पत्य जीवनको लागी अग्रिम शुभकामना ।

भिडियो हेर्नुहोस Watch Videos


अब रु सयमा उच्च सिक्षा हासील


काठमाडौं— निजी विद्यालयहरुले विद्यालय स्तरको शिक्षण शुल्क बढाउन माग गरिरहेका बेला एक निजी शैक्षिक संस्थाले एक सय रुपैयाँमै उच्च शिक्षा दिने भएको छ । उपत्यकाको समता शिक्षा निकेतनले आर्थिक रुपले विपन्न वर्गका लागि यसै शैक्षिक सत्रदेखि मासिक एक सय रुपैयाँमा उच्च शिक्षा हासिल गर्न सक्ने वातावरण तयार पारेको छ।समता शिक्षा निकेतनको समता कलेजले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको चारवर्षे व्यवस्थापन र तीनवर्षे मानविकी संकायको पठनपाठन काठमाडौंको बौद्ध वडा नं ६ बाट थालेको छ ।


समता शिक्षा निकेतन समता कलेजको मंगलबार विधिवत रुपमा उद्घाटन गरियो । हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, अनुराधा कोइराला र डा. उपेन्द्र महतोले कलेजको उद्घाटन रिबन काटेर गरे ।

कलेज सञ्चालनको पहिलो वर्ष भएकाले व्यवस्थापन र मानविकी गरी दुवै संकायतर्फ ५०–५० गरी कूल सय विद्यार्थी भर्ना लिएको समताका सञ्चालक उत्तम सञ्जेलले बताए । 'अहिलेलाई स्नातक तहमाbमानविकीमा समाजशास्त्र र व्यवस्थापनमा बिबिएस सञ्चालन गरिएको छ,' सञ्जेलले भने, 'एक महिनाभित्र स्नातकोत्तरमा एमबिए सञ्चालन गर्ने गृहकार्य गर्दैछु ।'

७५ लाख लागतमा तयार भएको बाँसको कलेजमा एक सय कोठाहरु छन् । संचालक उत्तम संजेलका अनुसार स्कुल र कलेज ब्यवस्थापन गर्न चँदा सहयोग एका मात्र आर्थिक सहयोग हो । 'गैरअवासिय नेपाली संघका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले विगत तीन वर्षमा स्कुल र कलेज ब्यवस्थापन गर्न ३ करोड ६५ लाख चँदा दिएका छन् ,'उत्तमले भने'यसैगरी अन्य सहयोगकर्ताहरुले २० हजारदेखि ५ लाखसम्म सहयोग गरेका छन् ।'उनले थपे'आर्थिक रुपले विपन्न वर्गका विद्यार्थीलाई सहज रुपमा शिक्षामा पहुँच पुर्याउने मेरो एक मात्र लक्ष्य हो ।'

चँदा र सहयोगबाटै विद्यालय र कलेजको शैक्षिक तथा प्रशासनिक ब्यवस्थापन भइरहेको उनको भनाई छ ।

आँटै जस्तो सुकै अप्ठ्यारो काम पनि सजिलै गर्न सक्ने उदाहरण उत्तमको कामबाट प्रमाणि भएको हास्य कलाकार मदनकृष्ण श्रेष्ठको ठहर छ । 'अज्ञानताको तालचा खोल्ने जनशिक्त उत्तमले मासिक सय रुपियाँमै उत्दान गरिरहेको छ ,'मदनकृष्णले नागरिकसँग कुरा गर्दै भने'जुन देशकोलागि गर्वको कुरा हो ।

'विगत एक दशकदेखि उत्तमको शैक्षिक कार्यमा सघाउन उनीसँग जोडिएका श्रेष्ठले थपे देशमा अन्य निजी शैक्षिक संस्थाहरुले विद्यालय स्तरको शिक्षामै शुल्क बृद्धि गर्नु पर्ने अवाज उठाउँदै गर्दा समता कलेजले मासिक एक सय रुपियाँमा स्नातक स्तरको शिक्षा उपलब्ध गराउनु सहरानिय कुरा हो ।' उनका अनुसार ब्यवस्थापन र मानविकिको स्नातक तहमा निजी कलेजहरुले मासिक २ हजार भन्दा बढी शुल्कमा कक्षा संचालन गर्ने गरेका छन् ।

अशिक्षाकै कारण देशमा बोक्सी, छाउपडी प्रथा,दहेज प्रथा जस्ता कुरिति कुसंस्कार कायम रहेको जिकिर गर्दै श्रेष्ठले देशबाट यस्ता कुरिति र कुसंस्कारको अन्त गर्न सबैलाई शिक्षित बनाउन आवश्यक रहेको औल्याए । हास्य कलाकार श्रेष्ठले उत्तमले प्रदान गर्दै आएको सहज पहुँचको शिक्षा अन्यले पनि सुरुवाता गर्नु पर्ने आग्रह गरे ।

१४ वर्ष अघि काठमाडौंको जोरपाटिबाट ८ सय ५० विद्यार्थीबाट सुरु गरिएको समता शिक्षा निकेतन हाल देशभरिका १९ जिल्लामा संचालन छ । संचालक संजेलका अनुसार १९ जिल्लाका १९ विद्यालयमा पुर्वप्राथमिक तहदेखि –कक्षा १० सम्म ३८ हजार आर्थिक रुपले विपन्न वर्गका बालबलिकाहरु अध्ययनरत छन् ।

समताले ११ विद्यालय माध्यामिक तहका र ८ विद्यालय प्राथमिकदेखि निम्नमाध्यामिक तहसम्म संचालन गर्दै आएको छ । यस वर्ष ११ विद्यालयबाट ५ सय ५७ विद्यार्थीले एसएलसी परीक्षा दिँदै छन् ।

काठमाडौंमा कक्षा ११ र १२ संचालन छ । जसमा १ सय ५० विद्यार्थी अध्ययनरत छन् ।

समता शिक्षा निकेतनले बौद्धमा २५ शैयाको समता अस्पताल समेत संचालन गरेको छ । संचालक संजेलका अनुसार अगामि शैक्षिक सत्रदेखि पिसिएल नर्सिङ(एसएलसी सरह) तह संचालन गर्न सिटिईभिटिसँग सम्बन्धनको कार्य अघि बढेको छ । पिसिएल नर्सिङको पठनपाठन पनि मासिक एकसय रुपियाँमै संचालन गर्ने उनको भनाई छ ।

Today Exchange Rate 25th December 2013

# Currency Unit Selling in Nepalese Rupees (Rs)
1 U.S. Dollar 1 Dollar ($) 98.87 Rs
2 European Euro 1 Euro 135.2739 Rs
3 UK Pound Sterling 1 Pound 161.9194 Rs
4 Swiss Franc 1 Franc 110.4199 Rs
5 Australian Dollar 1 Aus Dollar 88.2612 Rs
6 Canadian Dollar 1 CA Dollar 93.0629 Rs
7 Singapore Dollar 1 SG Dollar 77.9302 Rs
8 Japanese Yen 10 Yen 9.482 Rs
9 Chinese Renminbi (Yuan) 1 Yuan 16.2845 Rs
10 Saudi Arabian Riyal 1 Saudi Riyal 26.3632 Rs
11 Bahraini Dinar 1 Dinar 262.2546 Rs
12 Qatari Riyal 1 Qatari Riyal 27.1524 Rs
13 UAE Dirham 1 Dirham 26.9181 Rs
14 Thai Bhat 1 Bhat 3.0226 Rs
15 Malaysian Ringgit 1 Ringgit 30.0197 Rs
16 South Korean Won 100 Won 9.33 Rs
17 Indian Rupees 100 Indian Rupee 160.11 Rs

Today Horoscope 25th December 2013


आजको पञ्चाङ्ग र राशीफल

२०७० साल पौष १० गते बुधबार आजको पञ्चाङ्ग आज मिति २०७० साल पौष १० गते बुधबार, तदनुसार दिसम्वर २५ सन् २०१३, श्रीशाके १९३५, नेपाल संवत् ११३४, पराभवनामकह संवत्सरह, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा प्रवेश गरिसकेका छन् । हेमन्त ऋतु चल्दै छ ।चान्द्रमान अनुसार पौषकृष्णपक्ष चलिरहेको छ । शौरमान अनुसार आज पौषकृष्णपक्षको अष्ठमी तिथि ४९ घटि १० पला अर्थात राति २ बजेर ३४ मिनेटसम्म त्यसउप्रान्त नवमी तिथि लाग्नेछ । आज सूर्य धनु राशिमा रहेको छ भने चन्द्रमा कन्या राशिमा अहोरात्र रहनेछ । आज दिनमान २५ घटि ५० पलाको रहनेछ । आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ६ बजेर ५४ मिनेटमा तुरुदेव मुहूर्तमा भैसकेको छ भने सूर्यास्त साँझ ५ बजेर १४ मिनेटमा हुनेछ ।

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,अ) –आरोग्यता, प्रशन्नता, धनलाभ, नवीन कार्यको थालनी हुनेछ, त्यस पश्चात समय खासै शुभ रहनेछैन ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –आफन्तसँग टकराव हुन सक्ने, मन चञ्चल,भावनात्मक सम्बन्धमा चोट, दिन चिन्तामा बित्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को,ह) –रोगब्याधी बढ्ने, यात्रामा कठिनाइ हुन सक्नेछ, वायूरोगले सताउने, दिन चिन्तामा बित्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु,डे, डो) –परोपकार कार्यबाट लाभ पाइने,प्रसंशक बढ्ने,नयाँ कार्यमा लगानी हुने, दिनतथा समय अत्यन्तै सबल ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि,टु, टे) –दैनिक कार्य अधुरो,सोचेजति कार्यमा विध्नबाधा,आफ्न्तले कुरा काट्ने, दिन शुभ रहनेछैन ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे,पो) –अधुरा कार्य पुरा हुन सक्ने, प्रियतमभेट हुने, महत्वपूर्ण उपलब्धी हासिल,दिन धार्मिक कार्यमा बित्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु,ते) –दैनिक कार्यमा उदासिनता, आफन्तले साथ नदिने, मानसिक पीडा बढ्ने, समय रहने छैन ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –आर्थिक नोक्सानी हुने, आफ्नै कर्मचारीबाट धोका, नकारात्मक सोचाइ बढ्ने, दिन संघर्षपूर्ण रहनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–जीवनप्रति उदासिनता, भाग्यले साथनदिने, शारीरिक पीडा बढ्ने, दिन रहनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा,गि) – सम्पत्ति सम्बन्धी विवाद पर्ने, धरेलु अशान्ति बढ्ने,प्रतिष्ठानमा धक्का लाग्न सक्नेछ खराब रहनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से,सो, द) –समय उपलब्धी मुलक रहने,विद्यामा प्रगति हुने, विचारधिनकार्यको टुङ्गा लाग्ने, दिन शुभरहनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –मानसिक असन्तोष हुने,स्वास्थ्यमा खराबी आउने,प्रेमप्रसंग बिग्रने,दिन नकारात्मककार्यमा बित्नेछ ।

Meri Bassai 24 December 2013

युवालाई बिदेश पठाएर बुढापाकाहरुको ब्रिदाश्रम बनेको नेपाल


युवाहरु चाहनाले बिदेसिएका होइनन,काम नलाग्ने बेकारको सैधान्तिक शिक्षाले यहाँ खाना लाउन दिदैन,अवसर छैन,सोझा साझालाई ह्यापिन्छ,काम गर्ने कुनै बातावरण छैन।झोला भरी किताब बोकेर क्याम्पस जाने युवा युवतीहरु देश भित्र आफ्नो भविस्य देख्ने अवस्था छैन। जती जे भनेपनी क्याम्पस राजनीतिक कर्म थलोको रुप्मा,ब्यापारीक प्रायोजनको रुप्मा स्थापित गरिएको छ । कतिपए ठाउहरुमा राजनीतिक प्रतिशोधको लागी खोलिएका क्याम्पसहरु पनि छन,जहा पार्टीका कार्यकर्ताहरुले पढाउछन,कार्यकर्ताहरुकै छोरा छोरी पढाउछन,अरु पार्टीका शिक्षकहरुलाई प्रवेश निशेध नै गरिएको देखेको छु। 

सामान्य बोर्डिङमा त त्यो गरिएको छ। म आज भन्दा करिब ३ बर्ष पहिला पढाउने अनुभब बटुल्ने भनेर एउटा बोर्डिङमा गएको थिए तर मलाई त्यो बोर्डिङमा पढाउन दिइएन,पिन्सिपलले कांग्रेसको पार्टी सदस्य लिनु पर्छ भन्नु भो,मैले म राजनीतिक कामको लागि आएको होइन,मलाई अनुभब लिनु छ भने,उहाले दिन सकिन्न भन्नु भो,मैले त्यहाँ कुनै प्रतिबाद गरिन,तर त्यो कुरा मेरो मनमा बिझिरहेको छ। म अर्कोमा गए र पढायं । यो संरचनाले हामीलाई के बनाउछ ?यो समाज कुनै पार्टीको मनपरी चरित्रले चल्छ ? ठुला ठुला लोकतन्त्रको ठेक्दारहरु भित्र भित्र कती निरंकुस छन भन्ने मैले भित्रै देखी चिनेको छु। शायद मलाई यो विश्वास छ,बिपी कोइराला,गणेशमान,किसुन दाई सांचिकै महान थिए होलान,उनिहरु लोकतन्त्र र समाजवादको सांचिकै वकालत गर्थे होलान,तेही सिद्दान्तको पथमा पार्टी भित्र पसेर अकुत सम्पती कमाउने दलालहरु त्यो पार्टीका मात्रै होइनन सिंगो समाजका कलंक हुन। प्राइभेट क्याम्पसहरु खोलिएको छ। त्यो सरकारी क्यम्पसमा भन्दा बढी फि लिएर शिक्षा बेचिएको छ। एउटै देशमा दुई प्रकारको शिक्षा प्रणाली हुनु आँफैमा दुर्भाग्य हो,यस्ले बर्गिय खाडललाई झन फराकिलो बनाएको छ। हामी एउटै देशमा भएर पनि फरक फरक तरिकाले पढेका छौं,बोर्डिङबाट बहुत खर्च गरेर पढेको ब्यक्ती र दुर्गम ठाउँबाट पढेको ब्याक्ती प्रतिस्प्रधा गर्दा सरकारी कोटाबाट निरिह बनेर बाहिरिनु पर्ने बाध्यता जिवितै छ। 

हामीले यो दुर्दशा कहिले सम्म भोग्नु पर्ने हो थाहा छैन। हाम्रो बाबाले जे कुरा पढ्नु भो तेही पढ्दै छौं, जस्तो इक्जाम दिनु हुन्थ्यो तेस्तै दिदै छौं,जस्तो जीवन भोग्दै हुनुहुन्थ्यो तेही भोग्दै छौं। नेपालको बारेमा निबन्ध बाबाले जसरी लेख्नु भो,नेपाल गरीब देश हो,प्रकृतिले बर्दान दिएको देस हो,यहां बिकास भएको छैन,नेताहरु ठीक छैनन आदी । यो लेखेर राम्रो नम्बर ल्याएर फस्ट हुने परम्परा कहिले अन्त्य हुन्छ। मैले पनि यही लेखें,एउटा बच्चालाई ममीले अझै यही सिकाउदै हुनुहुन्छ। अब फेरी हाम्रा सन्तानहरु यो निबन्ध लेख्दा फेल हुने अवस्था आउनु पर्छ। हामी गरिब छैनौं,बिकासित छौं,अघी बढीरहेका छौं,हम्रो देशका नेताहरु राम्रो काम गरेका छन भन्ने दिन देख्न कुन जमानामा जनमा लिनु पर्ने हो? वा यत्तिकै ओरालो लाग्ने हो ?अली राम्रो अंक ल्याएका ब्याक्तिहरु साइन्स पद्छन,एमबिबिएस पढ्छन,डक्टर,इन्जिनियर हुन्छ,अनी बांकीहरु कमर्स पढ्छन,अझै कम्जोरहरु लुरु लुरु एजुकेसन फ्यकल्टीमा लतारिदै जान्छन। धेरै क्याम्पसहरुमा मैले देखेको एजुकेसन र आर्ट्स फ्याकल्टिमा महिलाहरु धेरै छन। बच्चालाई घरमा राखेर पढ्न गएका छन,युवाहरुको संख्या एकदम पातलो छ। ५० जनाको समुहमा १० देखी १५ जना मात्रै छन पुरुषहरु। सबै काम्को खोजिमा बिदेसिएका छन। यहाँ राम्रो संग पढेकाहरु काम गर्न चाहदैनन। उनिहरु कुनै न कुनै माध्यमबाट बिदेशमै जान चाहन्छन। आज भन्दा ठीक तीन महीना काठमान्डौको टिचिङमा एमबिबिएस गरेका टिम सँग बस्दा सबैजाना क्यानडा,अमेरिका व कुनै अरु देश जाने प्लान बनाएको देखें। मैले बह्ने तपाईंहरु राम्रो डोक्टर बिदेश जाने अनी नेपालमा कुना कुनामा गएर कस्ले जनताको उपचार गर्छ? भनेर प्रश्न गरेको थियं । उनिहरु ९० प्रतिसत बिदेश जाने कुराको निर्णयमा पुगे। मैले झ्याप्प डा चित्र वाग्लेको उदाहरण उहाहरुबाट सुने पछी झन राज्यको उदासिनताले पो उनिहरुलाई यहाँ काम गर्न जांगर नचलेको रहेछ भन्ने कुरा थाहा पाएं। यो देश यस्तै छ,यस्तै रहन्छ भन्नु भो उहाहरुले म लुत्रुक्क भिजेको कुखुरो झै भयं, मैले भन्न सक्ने आदर्शले वास्तबिक जीवनमा केही काम गरेको रहेनछ। 

यो देश बोक्रो मात्र रहेछ। काम गर्न सक्ने मान्छे बिदेशिन परेको छ। १५ बर्ष पढेर फेरी आफ्नो परिवार पाल्न बिदेसिनु पर्ने,राम्रा राम्रा सक्षम युवाहरु अर्को देशमा गएर सेवा गर्नु पर्ने अनी ठीक उल्टो नपढेका फेल भएका ब्याक लाएका,चिट चोरेर पास भएका अर्कैले इक्जाम दिएर पास भएका आदी आदी मान्छेहरु राजनीति गरेका छन, पार्टिको आड्मा सरकारी कर्मचारीमा नियुक्ती भाका छन,हाकिम भाका छन,अफिसर भाका छन। अनी यो पाराले देश माथि उठ्छ ? सरकारी कार्यलयमा घुस खान्छन,तिनिहरुको सन्जाल खतरनाक छ,ती नपडेका बेबकुफहरु भन्सारमा पुलिस संग मिलेर घुस,माल्पोतमा जग्गामा घुस,हरेक कार्यलयमा लुट नै लुट । ति ब्यक्तिहरु प्रतिस्प्रधाबाट गएका कमै छन। त्यो राजनीतिक भागवन्डा बाट टिका लाएर सरकारी कार्यलयमा जागिर गर्ने(यो सबैलाई भन्न खोजेको होइन,त्यहाँ इमान्दार र राष्ट्र सेवक पनि छन,उनिहरुलाई मेरो सम्मान छ )ब्यक्ती कुनै पनि हालतमा राम्रो काम गर्दै गर्दैनन । त्यो पार्टीको आडमा पैसा कमाउछ,त्यो पैसा चुनावमा पार्टिलाई सहयोग गर्छ। त्यस्ता दरिद्र ब्यक्तिहरु सरकारी कार्यालयमा हुँदा सम्म सुशासनको प्रत्याभुती कुनै हालतमा हुँदैन।
राज्यले जोजगार दिदैन,नेताले भोट् माग्दानै बिदेस पठाइ दिन्छु भनेर माग्छन । नेतालाई जिताएर सिंहदरवार पठाउछन,जन्ता नेतालाई जिताएको भोलिपल्टै कुन देस जाने भनेर सोच्नु परेको छ। आफ्नो परिवार छोडेर १५ घण्टा अरुको देशमा श्रम गर्नु पर्ने यो अवस्थाले हामीलाई मानसिक तनाब दिएको छ। हाम्रा युवाहरु परिवार छोडेर बिबस भएर रातदिन गल्फमा काम गर्छन्,नेपालमा जन्मिने तर कर्म बिदेसमा गर्ने यो यथार्थको अन्त्य हुनै पर्छ। हामी अमेरिकन डिवी पर्दा कती खुशी हुन्छौं,क्यानडा,जर्मन,फ्रान्स,कोरिया जस्ता देशहरुबाट कुनै न कुनै प्रकृयाबाट यहाँका जल्दाबल्दा युवाहरुलाई कुनै न कुनै बहानामा लगिएको छ,छानी छानी लगिएको छ,हरेक टोल र गल्लीहरुका परिवारमा पारिवारिक सदस्य बिदेसिएको देख्छौं,हरेक दिन १८०० युवा-युवतीहरु त्रिभुवन अन्तरराष्ट्रिय बिमान्स्थलबाट बाहिरिएका छन,भारत तिर गएका छन,गल्फ तिर खेदिएका छन। हाम्रा सबै सरकारी निकायहरु मुकदर्शक बनेर टुलुटुलु हिरिराछन,तिनिहरु मौन छन,तिनिहरुको के जान्छ,जागिर छ,टन्न पैसा पाका छन,जन्ता र राष्ट्रको उन्नती उनिहरुको कर्तब्यमा पर्दैन जस्तै गर्छन्। गाउ घर तिर मान्छे मर्दा जम्मा हुने मलामी समेत छैनन,सबै बिदेस छन। उनिहरु बिदेस जांदा जोश,जागर र उर्जा गएको छ। यो देशमा खाली बच्चा र बुढा खाडाहरुको बसोबास भएको छ। यो कुरालाई रोक्न नसक्ने हो भने यो देस कहिलै बिकासको बाटोमा जान सक्दैन। सबै मिलेर सही बिचार बोकेको,काम गर्ने सक्षम नेताहरु भएको पार्टीलाई माथि पुर्याउने र काम गर्न जबर्जस्ती लगाउनु पर्छ। हामी परिवर्तन हाम्रै पालामा गर्नु पर्छ,गर्न सक्छौं र यो हाम्रो जिम्मेवार हो । यसबाट हामी भाग्ने हो भने हामीलाई हाम्रै सनतती हरुले धिक्कार्ने छन |


सुरज बिबस गैह्रे
स्याङ्जा थुमपोखरा ३ फुलबारी पिपलछाप

राजेश हमालको बीहे फाल्गुनमा हुने पक्का

नेपाली चलचित्र उद्योगमा २५ बर्षदेखि लगातार फिल्महरु दिइरहेको महानायक राजेश हमालको बिहे कहिले होला ?? तपाइलाई पनि जिज्ञासा हुन सक्छ । तर अब ढुक्क हुनुहोस, हाम्रा चलचित्र उद्योगको महानायकको बिहे आउदो फाल्गुनमा हुने पक्का भएको छ ।यसअघि अगामी माघमा बिहे हुने भन्ने चर्चा चलेको भएपनि बिहे एक महिना पछाडी फाल्गुनमा मात्र हुने नायक हमालले जानकारी गराएका छन हुनेवाला श्रीमती मधु भट्टराईको परिवारमा केही दुखद घटना भएकाले माघमा भनिएको बिहे फाल्गुनमा सरेको हमालको भनाई छ । 


हमालले पहिलेदेखि नै भन्दै आएको कुरा बिहेमा तामझाम नहुने फेरी पनि दोहोर्याउदै सबै तयारी भित्री रुपमा भइरहेको खुलासा गरे । बिहेपछिको हनिमुनको बिषयमा भने हमाल आफु र मधु जहां हुन्छन त्यही हनिमुन हुने अभिव्यक्ति दिए । फिल्ममा कयौ पटक दुलाहा बनिसकेका यी सुपरस्टार अब सच्चिकै दुलाहा बन्ने खब रले उनका फ्यानहरु समेत हर्षित हुनेछन । हमाललाई दाम्पत्य जीवनको लागी अग्रिम शुभकामना ।

Today Horoscope 24th December 2013


वि. सं. २०७० साल पौष ०९ गते मङ्गलबार तदनुसार ईश्वीसन् २०१३ डिसेम्बर २४ तारिख, नेपाल संवत् : ११३४, (थिल्लागा)चन्द्रमा सिंह राशिमा, बेलुका ८ बजेर ४८ मिनेटसम्म, त्यसपछि कन्या राशिमा, पौष कृष्णपक्षको सप्तमी तिथि, मध्यरात्रीपछि २ बजेर १२ मिनेटसम्म, त्यसपछि अष्टमी तिथि,पूर्वाफाल्गुनी नक्षत्र दिउँसो २ बजेर २८ मिनेटसम्म, त्यसपछि उत्तरफाल्गुनी नक्षत्र,आयुष्मान् योग मध्यरात्रीपूर्व ११ बजेर १५ मिनेटसम्म, त्यसपछि सौभाग्य योग, विष्टि (भद्रा) करण दिउँसो १ बजेर ४७ मिनेटसम्म त्यसपछि बब करण,राहुकाल दिउँसो २ बजेर ३१ मिनेटदेखि साँझ ३ बजेर ४९ मिनेटसम्म,काल बारबेला दिउँसो १ बजेर १३ मिनेटदेखि २ बजेर ३१ मिनेटसम्म, रोग बारबेला बिहान ६ बजेर ४४ मिनेटदेखि ८ बजेर ०२ मिनेटसम्म र पुनः साँझ ३ बजेर ४९ मिनेटदेखि ५ बजेर ०६ मिनेटसम्म ।


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यापार व्यवसाय मध्यम रहेको छ। बौद्धिक क्षेत्र राम्रो देखिन्छ। गरेका कार्यहरुमा ढिलोमात्र सफलता मिल्नेछ। दिनभरि पारिवारिक सम्बन्ध सामान्य रुपले अगाडि वढ्ने छ, तर बेलुका घरायसी वातावरणमा केही धमिलोपन आउने छ। प्रतिकूल समय सुरु हुनेछ। मित्रको व्यवहार पनि शत्रुतापूर्ण हुनेछ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –घरगृहस्थीमा धेरै समय खर्चनु पर्ने योग छ। वैदेशिक रोजगारी गर्ने र प्रवास वा परदेशमा रहनेहरुले आज घरायसी कुरा सम्झेर दिन बिताउने छन्। आकस्मिक रुपमा स्वास्थ्यमा समस्या आउनसक्छ। छोराछोरीको स्वास्थ्य एवं पढाइप्रति जिम्मेवारी बोध हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –आज तपाईंले राम्रोनराम्रो दुबैखाले समाचार सुन्न पाउनु हुनेछ। विभिन्न ठाउँको यात्रा हुने समय आएको छ। गरेका काममा लाभहानि दुबै हुनेछ। बेलुका घरायसी समस्याहरु देखापर्न सक्छन्। जीवनसाथीसित ठाकठुक पर्ने सम्भावना छ र मातापिता वा परिवारको ज्येष्ठ सदस्यको स्वास्थ्य चिन्ताको विषय बन्नसक्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –हिजोआज राम्रै समय चल्दैछ। आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ। घरमा विशिष्ट व्यक्तिलाई अतिथिका रूपमा स्वागत गर्न पाउनु हुनेछ। कुनै विशेष लाभदायक समाचार सुन्न पाइएला। सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –आजको दिन सामान्य छ। प्राविधिक काममा विशेष सफलता प्राप्त हुने छ साथै आत्मसन्तुष्टि प्राप्त हुनेछ। सञ्चार क्षेत्रको कारोबार गर्दा बढी लाभ लिन सकिनेछ। व्यापार व्यवसाय त्यसमा पनि साजसज्जा र श्रृङ्गारका सामाग्री विक्रेताका लागि विशेष लाभदायक छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –दिनभरि मन एकतमासको हुनेछ। अशान्ति र छटपटी व्याप्त हुने छ। विपरीतलिङ्गीप्रति आकर्षण बढ्नेछ र भोगविलासमा तिर्सना जाग्नेछ। माया प्रेमको लागि समय र धन खर्च हुने देखिन्छ। खानपिन, घुमघाम एवं भेटघाटको बेला छ। बेलुकीपख मन फुरुङ्ग हुनेछ। आगामी दिनलाई केकसरी राम्रो र सन्तुलित बनाउने लेखाजोखा गरिनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –आज सन्तति र भाइबहिनीका पक्षबाट सन्तोष मिल्नेछ। व्यवसायिक क्षेत्र लाभप्रद रहने छ। उपहार प्राप्त हुने सम्भावना पनि छ। आम्दानीमा कुनै कमी आउने छैन। भौतिक साधनको जोहो हुनाका साथै मनोरंजनात्मक क्रियाकलापमा सक्रिय हुने अवसर जुट्ने छ। तर साँझमा अचानक निराशाको अनुभूति हुनेछ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –आज तपाईंको चाहनाबमोजिम कार्य सम्पन्न हुनेछ। खर्च गर्न मन हौसिने योग छ तर व्यवसायिक क्षेत्रबाट राम्रै लाभ प्राप्त हुनेछ। पारिवारिक सुख मिल्नुका साथै साथीहरुसित मनोरंजन गर्ने अवसर जुर्नेछ। मातापिता वा अभिभावकवर्गबाट आवश्यक सहयोग र सल्लाह प्राप्त हुनेछ। सामाजिक क्षेत्र वा राज्यपक्षबाट सम्मानित हुने अवसर पाइने छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – आज प्रेम र भाइचारा जीवन्त तुल्याउने महत्वपूर्ण दिन हो। त्यसैले आज साँझ पूर्व वा दक्षिण दिशाको यात्रा गर्नुहोस् अनि खोला वा पोखरीका जलजन्तुलाई चारा हाल्नुस्। विशिष्ट व्यक्तिको सहयोग र सल्लाहले महत्वपूर्ण कार्य सम्पन्न हुनेछ। शुभ कुराको सङ्केत मिल्नेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –खराब समय छ। लामो दूरीको यात्रा हानीकारक हुनसक्छ। यात्राको योजना छ भने बेलुका रात छिप्पिएपछिमात्र थाल्नु बेस हुनेछ, नत्र शरीरमा पीडा हुनेछ। धेरै उमङ्ग नल्याउनु होला, घाउचोट तथा अन्य वस्तुले समेत दुःख दिनसक्छ। दिउँसो अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न हुने स्थिति आउनसक्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –आज बेलुकासम्म दाम्पत्य जीवनमा सकारात्मक सम्बन्ध रहने देखिन्छ। तर त्यसपछि त्यत्ति राम्रो छैन। भनेजस्तो प्रतिफल पाउन संघर्ष गर्नुपर्ने हुन्छ, त्यसैले महत्वपूर्णकाम साँझ पर्नुअघि नै सिध्याउनु होला। बेलुका पारिवारिक जीवनमा अनावश्यक किचलो र विवाद हुने सम्भावना छ। स्वास्थ्यस्थितिमा समेत प्रतिकूलता आउनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –आज दिनभरि राम्रो समय छैन। पारिवारिक स्वास्थ्यका क्षेत्रमा धन खर्च हुने सम्भावना छ। शरीरमा आलस्य र थकानको अनुभव हुनेछ, आफुलाई पनि चोटपटकको भय छ। खानपिनमा नियन्त्रण गर्नु बेस हुनेछ, साँझमा अचानक भोगविलासको चाहना हुनेछ। विपरीतलिङ्गीसँग सुमधुर सम्बन्ध कायम हुनेछ।
 

WATCH HOT MOVIE

Support : Creating Website:RAJU BISTA | RAJU Template | A2ZMUSICVIDEOS.com
Copyright © 2011. a2zMusicVideos - All Rights Reserved