Headlines News :
Home » » अब रु सयमा उच्च सिक्षा हासील

अब रु सयमा उच्च सिक्षा हासील

Written By Unknown on Tuesday, December 24, 2013 | 8:00 PM



काठमाडौं— निजी विद्यालयहरुले विद्यालय स्तरको शिक्षण शुल्क बढाउन माग गरिरहेका बेला एक निजी शैक्षिक संस्थाले एक सय रुपैयाँमै उच्च शिक्षा दिने भएको छ । उपत्यकाको समता शिक्षा निकेतनले आर्थिक रुपले विपन्न वर्गका लागि यसै शैक्षिक सत्रदेखि मासिक एक सय रुपैयाँमा उच्च शिक्षा हासिल गर्न सक्ने वातावरण तयार पारेको छ।समता शिक्षा निकेतनको समता कलेजले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको चारवर्षे व्यवस्थापन र तीनवर्षे मानविकी संकायको पठनपाठन काठमाडौंको बौद्ध वडा नं ६ बाट थालेको छ ।


समता शिक्षा निकेतन समता कलेजको मंगलबार विधिवत रुपमा उद्घाटन गरियो । हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, अनुराधा कोइराला र डा. उपेन्द्र महतोले कलेजको उद्घाटन रिबन काटेर गरे ।

कलेज सञ्चालनको पहिलो वर्ष भएकाले व्यवस्थापन र मानविकी गरी दुवै संकायतर्फ ५०–५० गरी कूल सय विद्यार्थी भर्ना लिएको समताका सञ्चालक उत्तम सञ्जेलले बताए । 'अहिलेलाई स्नातक तहमाbमानविकीमा समाजशास्त्र र व्यवस्थापनमा बिबिएस सञ्चालन गरिएको छ,' सञ्जेलले भने, 'एक महिनाभित्र स्नातकोत्तरमा एमबिए सञ्चालन गर्ने गृहकार्य गर्दैछु ।'

७५ लाख लागतमा तयार भएको बाँसको कलेजमा एक सय कोठाहरु छन् । संचालक उत्तम संजेलका अनुसार स्कुल र कलेज ब्यवस्थापन गर्न चँदा सहयोग एका मात्र आर्थिक सहयोग हो । 'गैरअवासिय नेपाली संघका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले विगत तीन वर्षमा स्कुल र कलेज ब्यवस्थापन गर्न ३ करोड ६५ लाख चँदा दिएका छन् ,'उत्तमले भने'यसैगरी अन्य सहयोगकर्ताहरुले २० हजारदेखि ५ लाखसम्म सहयोग गरेका छन् ।'उनले थपे'आर्थिक रुपले विपन्न वर्गका विद्यार्थीलाई सहज रुपमा शिक्षामा पहुँच पुर्याउने मेरो एक मात्र लक्ष्य हो ।'

चँदा र सहयोगबाटै विद्यालय र कलेजको शैक्षिक तथा प्रशासनिक ब्यवस्थापन भइरहेको उनको भनाई छ ।

आँटै जस्तो सुकै अप्ठ्यारो काम पनि सजिलै गर्न सक्ने उदाहरण उत्तमको कामबाट प्रमाणि भएको हास्य कलाकार मदनकृष्ण श्रेष्ठको ठहर छ । 'अज्ञानताको तालचा खोल्ने जनशिक्त उत्तमले मासिक सय रुपियाँमै उत्दान गरिरहेको छ ,'मदनकृष्णले नागरिकसँग कुरा गर्दै भने'जुन देशकोलागि गर्वको कुरा हो ।

'विगत एक दशकदेखि उत्तमको शैक्षिक कार्यमा सघाउन उनीसँग जोडिएका श्रेष्ठले थपे देशमा अन्य निजी शैक्षिक संस्थाहरुले विद्यालय स्तरको शिक्षामै शुल्क बृद्धि गर्नु पर्ने अवाज उठाउँदै गर्दा समता कलेजले मासिक एक सय रुपियाँमा स्नातक स्तरको शिक्षा उपलब्ध गराउनु सहरानिय कुरा हो ।' उनका अनुसार ब्यवस्थापन र मानविकिको स्नातक तहमा निजी कलेजहरुले मासिक २ हजार भन्दा बढी शुल्कमा कक्षा संचालन गर्ने गरेका छन् ।

अशिक्षाकै कारण देशमा बोक्सी, छाउपडी प्रथा,दहेज प्रथा जस्ता कुरिति कुसंस्कार कायम रहेको जिकिर गर्दै श्रेष्ठले देशबाट यस्ता कुरिति र कुसंस्कारको अन्त गर्न सबैलाई शिक्षित बनाउन आवश्यक रहेको औल्याए । हास्य कलाकार श्रेष्ठले उत्तमले प्रदान गर्दै आएको सहज पहुँचको शिक्षा अन्यले पनि सुरुवाता गर्नु पर्ने आग्रह गरे ।

१४ वर्ष अघि काठमाडौंको जोरपाटिबाट ८ सय ५० विद्यार्थीबाट सुरु गरिएको समता शिक्षा निकेतन हाल देशभरिका १९ जिल्लामा संचालन छ । संचालक संजेलका अनुसार १९ जिल्लाका १९ विद्यालयमा पुर्वप्राथमिक तहदेखि –कक्षा १० सम्म ३८ हजार आर्थिक रुपले विपन्न वर्गका बालबलिकाहरु अध्ययनरत छन् ।

समताले ११ विद्यालय माध्यामिक तहका र ८ विद्यालय प्राथमिकदेखि निम्नमाध्यामिक तहसम्म संचालन गर्दै आएको छ । यस वर्ष ११ विद्यालयबाट ५ सय ५७ विद्यार्थीले एसएलसी परीक्षा दिँदै छन् ।

काठमाडौंमा कक्षा ११ र १२ संचालन छ । जसमा १ सय ५० विद्यार्थी अध्ययनरत छन् ।

समता शिक्षा निकेतनले बौद्धमा २५ शैयाको समता अस्पताल समेत संचालन गरेको छ । संचालक संजेलका अनुसार अगामि शैक्षिक सत्रदेखि पिसिएल नर्सिङ(एसएलसी सरह) तह संचालन गर्न सिटिईभिटिसँग सम्बन्धनको कार्य अघि बढेको छ । पिसिएल नर्सिङको पठनपाठन पनि मासिक एकसय रुपियाँमै संचालन गर्ने उनको भनाई छ ।


Disclaimer :
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website:RAJU BISTA | RAJU Template | A2ZMUSICVIDEOS.com
Copyright © 2011. a2zMusicVideos - All Rights Reserved