नेपाली चलचित्र उद्योगमा २५ बर्षदेखि लगातार फिल्महरु दिइरहेको महानायक राजेश हमालको बिहे कहिले होला ?? तपाइलाई पनि जिज्ञासा हुन सक्छ । तर अब ढुक्क हुनुहोस, हाम्रा चलचित्र उद्योगको महानायकको बिहे आउदो फाल्गुनमा हुने पक्का भएको छ ।यसअघि अगामी माघमा बिहे हुने भन्ने चर्चा चलेको भएपनि बिहे एक महिना पछाडी फाल्गुनमा मात्र हुने नायक हमालले जानकारी गराएका छन हुनेवाला श्रीमती मधु भट्टराईको परिवारमा केही दुखद घटना भएकाले माघमा भनिएको बिहे फाल्गुनमा सरेको हमालको भनाई छ ।
हमालले पहिलेदेखि नै भन्दै आएको कुरा बिहेमा तामझाम नहुने फेरी पनि दोहोर्याउदै सबै तयारी भित्री रुपमा भइरहेको खुलासा गरे । बिहेपछिको हनिमुनको बिषयमा भने हमाल आफु र मधु जहां हुन्छन त्यही हनिमुन हुने अभिव्यक्ति दिए । फिल्ममा कयौ पटक दुलाहा बनिसकेका यी सुपरस्टार अब सच्चिकै दुलाहा बन्ने खब रले उनका फ्यानहरु समेत हर्षित हुनेछन । हमाललाई दाम्पत्य जीवनको लागी अग्रिम शुभकामना ।
Disclaimer :
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..

Post a Comment