हाम्रो देशको नाम नेपाल कसरी रहन गयो भन्नेमा थरीथरीका मत छन् ।ने नाम गरेका ऋषि बस्ने ठाउँबाट नेपाल रहन गएको एउटा भनाइ छ । अर्को मान्यता अनुसार तिब्बती भाषा नियमपालबाट यो शब्द आएको हो । यसको अर्थ हुन्छ, पवित्र भूमी । अर्काथरीको भनाइमा ने को अर्थ ऊन र पालको अर्थ तिरपालबाट आएको हो ।
धेरै लामो समय पहिला, नेपाल धेरै मात्रामा ऊनको उत्पादन गथ्र्यो र तिरपालको घरको प्रयोग ऊन राख्नलाई गरिन्थ्यो।झापाका एकजना अनुसन्धानकर्ता हरिध्वज तिमिल्सिना खत्रीको नयाँ पुस्तकमा नेपालको नाम कसरी जुर्यो भन्ने ऐतिहासिक तथ्य समेटिएको छ । अहिले पनि कतिपयले काठमाडौंलाई नेपाल भनेर चिन्ने गर्छन् । बाहिरी जिल्लाका मान्छे काठमाडौं जाँदा ‘नेपाल जाने’ भन्ने चलन हराइसकेको छैन ।देशभरका गाविसका नाम कसरी जुर्यो भन्ने तथ्य केलाउँदै जाँदा तिमिल्सिनाले नेपालको नामबारे पनि ऐतिहासिक तथ्य फेला पार्नुभएको हो । बजारमा आउनै लागेको यो पुस्तकमा नेपालको नामबारे यसरी उल्लेख गरिएको छ |
धेरै वर्ष पहिले चारैदिशा र चारै कोणबाट पहाडै पहाडले छेकबार गरेको काठमाडौंमा आकाशे पानी र खोलानालबाट बगेर आउने अबिरल जल थुप्रियो । निकासको कुनै ठाउँ भएन । त्यसैले पानी जम्दै गएर विशाल सरोबर बन्न पुग्यो । खोलानालाले बगाएर ल्याएको नानाभाँती खाद्य पदार्थको आहार पाइने यस सरोबरमा जलचर प्राणीको रचना सुरु हुन थाल्यो ।त्यसपछि थलचर तथा उभयचर प्राणीको पनि विकास हुन थाल्यो । यही क्रममा अर्को प्राणीले पनि त्यहाँ आश्रय खोज्यो, त्यो प्राणी थियो हामो पुर्खा मनुष्य । आहाराको सुलभताले लोभिएको मुनष्य प्राणी सरोवरको पानीले नभेट्ने पहाडको फेदीतर्फ ओभानो ठाउँ छानी बस्न थाले ।
त्यस्ता ठाउँमा आफ्नो बसोबास थाल्ने यी मनुष्यलाई नीपालयी भनेर चिनिन थालियो । किनभने नीप शब्दको अर्थ पहाडको फेदी, आलय शब्दको अर्थ वासस्थान वा घर । यस आशयले पहाडको फेदीतर्फ बस्ने जाती नीप र आलय भएर नीपालय भयो । पछि नीपालयलाई नीपाल भनिन थाल्यो । नीपाल नै नेपाल बन्न पुगेको पुस्तकमा उल्लेख छ ।नीपालयीहरुले बसोबास गरेको यो काल त्रेतायुगीन काल थियो । लेखक तिमिल्सिनाले गरेको अनुसन्धान अनुसार नीपालयबाट शब्दको सहजताले नेपाल कहलिन हजारौं वर्ष लागेको थियो ।
Disclaimer :
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..

Post a Comment