आजको पञ्चाङ्ग र राशीफल
२०७० साल पौष १० गते बुधबार आजको पञ्चाङ्ग आज मिति २०७० साल पौष १० गते बुधबार, तदनुसार दिसम्वर २५ सन् २०१३, श्रीशाके १९३५, नेपाल संवत् ११३४, पराभवनामकह संवत्सरह, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा प्रवेश गरिसकेका छन् । हेमन्त ऋतु चल्दै छ ।चान्द्रमान अनुसार पौषकृष्णपक्ष चलिरहेको छ । शौरमान अनुसार आज पौषकृष्णपक्षको अष्ठमी तिथि ४९ घटि १० पला अर्थात राति २ बजेर ३४ मिनेटसम्म त्यसउप्रान्त नवमी तिथि लाग्नेछ । आज सूर्य धनु राशिमा रहेको छ भने चन्द्रमा कन्या राशिमा अहोरात्र रहनेछ । आज दिनमान २५ घटि ५० पलाको रहनेछ । आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ६ बजेर ५४ मिनेटमा तुरुदेव मुहूर्तमा भैसकेको छ भने सूर्यास्त साँझ ५ बजेर १४ मिनेटमा हुनेछ ।
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,अ) –आरोग्यता, प्रशन्नता, धनलाभ, नवीन कार्यको थालनी हुनेछ, त्यस पश्चात समय खासै शुभ रहनेछैन ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –आफन्तसँग टकराव हुन सक्ने, मन चञ्चल,भावनात्मक सम्बन्धमा चोट, दिन चिन्तामा बित्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को,ह) –रोगब्याधी बढ्ने, यात्रामा कठिनाइ हुन सक्नेछ, वायूरोगले सताउने, दिन चिन्तामा बित्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु,डे, डो) –परोपकार कार्यबाट लाभ पाइने,प्रसंशक बढ्ने,नयाँ कार्यमा लगानी हुने, दिनतथा समय अत्यन्तै सबल ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि,टु, टे) –दैनिक कार्य अधुरो,सोचेजति कार्यमा विध्नबाधा,आफ्न्तले कुरा काट्ने, दिन शुभ रहनेछैन ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे,पो) –अधुरा कार्य पुरा हुन सक्ने, प्रियतमभेट हुने, महत्वपूर्ण उपलब्धी हासिल,दिन धार्मिक कार्यमा बित्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु,ते) –दैनिक कार्यमा उदासिनता, आफन्तले साथ नदिने, मानसिक पीडा बढ्ने, समय रहने छैन ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –आर्थिक नोक्सानी हुने, आफ्नै कर्मचारीबाट धोका, नकारात्मक सोचाइ बढ्ने, दिन संघर्षपूर्ण रहनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–जीवनप्रति उदासिनता, भाग्यले साथनदिने, शारीरिक पीडा बढ्ने, दिन रहनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा,गि) – सम्पत्ति सम्बन्धी विवाद पर्ने, धरेलु अशान्ति बढ्ने,प्रतिष्ठानमा धक्का लाग्न सक्नेछ खराब रहनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से,सो, द) –समय उपलब्धी मुलक रहने,विद्यामा प्रगति हुने, विचारधिनकार्यको टुङ्गा लाग्ने, दिन शुभरहनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –मानसिक असन्तोष हुने,स्वास्थ्यमा खराबी आउने,प्रेमप्रसंग बिग्रने,दिन नकारात्मककार्यमा बित्नेछ ।
Disclaimer :
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..

Post a Comment