
युवाहरु चाहनाले बिदेसिएका होइनन,काम नलाग्ने बेकारको सैधान्तिक शिक्षाले यहाँ खाना लाउन दिदैन,अवसर छैन,सोझा साझालाई ह्यापिन्छ,काम गर्ने कुनै बातावरण छैन।झोला भरी किताब बोकेर क्याम्पस जाने युवा युवतीहरु देश भित्र आफ्नो भविस्य देख्ने अवस्था छैन। जती जे भनेपनी क्याम्पस राजनीतिक कर्म थलोको रुप्मा,ब्यापारीक प्रायोजनको रुप्मा स्थापित गरिएको छ । कतिपए ठाउहरुमा राजनीतिक प्रतिशोधको लागी खोलिएका क्याम्पसहरु पनि छन,जहा पार्टीका कार्यकर्ताहरुले पढाउछन,कार्यकर्ताहरुकै छोरा छोरी पढाउछन,अरु पार्टीका शिक्षकहरुलाई प्रवेश निशेध नै गरिएको देखेको छु।
सामान्य बोर्डिङमा त त्यो गरिएको छ। म आज भन्दा करिब ३ बर्ष पहिला पढाउने अनुभब बटुल्ने भनेर एउटा बोर्डिङमा गएको थिए तर मलाई त्यो बोर्डिङमा पढाउन दिइएन,पिन्सिपलले कांग्रेसको पार्टी सदस्य लिनु पर्छ भन्नु भो,मैले म राजनीतिक कामको लागि आएको होइन,मलाई अनुभब लिनु छ भने,उहाले दिन सकिन्न भन्नु भो,मैले त्यहाँ कुनै प्रतिबाद गरिन,तर त्यो कुरा मेरो मनमा बिझिरहेको छ। म अर्कोमा गए र पढायं । यो संरचनाले हामीलाई के बनाउछ ?यो समाज कुनै पार्टीको मनपरी चरित्रले चल्छ ? ठुला ठुला लोकतन्त्रको ठेक्दारहरु भित्र भित्र कती निरंकुस छन भन्ने मैले भित्रै देखी चिनेको छु। शायद मलाई यो विश्वास छ,बिपी कोइराला,गणेशमान,किसुन दाई सांचिकै महान थिए होलान,उनिहरु लोकतन्त्र र समाजवादको सांचिकै वकालत गर्थे होलान,तेही सिद्दान्तको पथमा पार्टी भित्र पसेर अकुत सम्पती कमाउने दलालहरु त्यो पार्टीका मात्रै होइनन सिंगो समाजका कलंक हुन। प्राइभेट क्याम्पसहरु खोलिएको छ। त्यो सरकारी क्यम्पसमा भन्दा बढी फि लिएर शिक्षा बेचिएको छ। एउटै देशमा दुई प्रकारको शिक्षा प्रणाली हुनु आँफैमा दुर्भाग्य हो,यस्ले बर्गिय खाडललाई झन फराकिलो बनाएको छ। हामी एउटै देशमा भएर पनि फरक फरक तरिकाले पढेका छौं,बोर्डिङबाट बहुत खर्च गरेर पढेको ब्यक्ती र दुर्गम ठाउँबाट पढेको ब्याक्ती प्रतिस्प्रधा गर्दा सरकारी कोटाबाट निरिह बनेर बाहिरिनु पर्ने बाध्यता जिवितै छ।
हामीले यो दुर्दशा कहिले सम्म भोग्नु पर्ने हो थाहा छैन। हाम्रो बाबाले जे कुरा पढ्नु भो तेही पढ्दै छौं, जस्तो इक्जाम दिनु हुन्थ्यो तेस्तै दिदै छौं,जस्तो जीवन भोग्दै हुनुहुन्थ्यो तेही भोग्दै छौं। नेपालको बारेमा निबन्ध बाबाले जसरी लेख्नु भो,नेपाल गरीब देश हो,प्रकृतिले बर्दान दिएको देस हो,यहां बिकास भएको छैन,नेताहरु ठीक छैनन आदी । यो लेखेर राम्रो नम्बर ल्याएर फस्ट हुने परम्परा कहिले अन्त्य हुन्छ। मैले पनि यही लेखें,एउटा बच्चालाई ममीले अझै यही सिकाउदै हुनुहुन्छ। अब फेरी हाम्रा सन्तानहरु यो निबन्ध लेख्दा फेल हुने अवस्था आउनु पर्छ। हामी गरिब छैनौं,बिकासित छौं,अघी बढीरहेका छौं,हम्रो देशका नेताहरु राम्रो काम गरेका छन भन्ने दिन देख्न कुन जमानामा जनमा लिनु पर्ने हो? वा यत्तिकै ओरालो लाग्ने हो ?अली राम्रो अंक ल्याएका ब्याक्तिहरु साइन्स पद्छन,एमबिबिएस पढ्छन,डक्टर,इन्जिनियर हुन्छ,अनी बांकीहरु कमर्स पढ्छन,अझै कम्जोरहरु लुरु लुरु एजुकेसन फ्यकल्टीमा लतारिदै जान्छन। धेरै क्याम्पसहरुमा मैले देखेको एजुकेसन र आर्ट्स फ्याकल्टिमा महिलाहरु धेरै छन। बच्चालाई घरमा राखेर पढ्न गएका छन,युवाहरुको संख्या एकदम पातलो छ। ५० जनाको समुहमा १० देखी १५ जना मात्रै छन पुरुषहरु। सबै काम्को खोजिमा बिदेसिएका छन। यहाँ राम्रो संग पढेकाहरु काम गर्न चाहदैनन। उनिहरु कुनै न कुनै माध्यमबाट बिदेशमै जान चाहन्छन। आज भन्दा ठीक तीन महीना काठमान्डौको टिचिङमा एमबिबिएस गरेका टिम सँग बस्दा सबैजाना क्यानडा,अमेरिका व कुनै अरु देश जाने प्लान बनाएको देखें। मैले बह्ने तपाईंहरु राम्रो डोक्टर बिदेश जाने अनी नेपालमा कुना कुनामा गएर कस्ले जनताको उपचार गर्छ? भनेर प्रश्न गरेको थियं । उनिहरु ९० प्रतिसत बिदेश जाने कुराको निर्णयमा पुगे। मैले झ्याप्प डा चित्र वाग्लेको उदाहरण उहाहरुबाट सुने पछी झन राज्यको उदासिनताले पो उनिहरुलाई यहाँ काम गर्न जांगर नचलेको रहेछ भन्ने कुरा थाहा पाएं। यो देश यस्तै छ,यस्तै रहन्छ भन्नु भो उहाहरुले म लुत्रुक्क भिजेको कुखुरो झै भयं, मैले भन्न सक्ने आदर्शले वास्तबिक जीवनमा केही काम गरेको रहेनछ।
यो देश बोक्रो मात्र रहेछ। काम गर्न सक्ने मान्छे बिदेशिन परेको छ। १५ बर्ष पढेर फेरी आफ्नो परिवार पाल्न बिदेसिनु पर्ने,राम्रा राम्रा सक्षम युवाहरु अर्को देशमा गएर सेवा गर्नु पर्ने अनी ठीक उल्टो नपढेका फेल भएका ब्याक लाएका,चिट चोरेर पास भएका अर्कैले इक्जाम दिएर पास भएका आदी आदी मान्छेहरु राजनीति गरेका छन, पार्टिको आड्मा सरकारी कर्मचारीमा नियुक्ती भाका छन,हाकिम भाका छन,अफिसर भाका छन। अनी यो पाराले देश माथि उठ्छ ? सरकारी कार्यलयमा घुस खान्छन,तिनिहरुको सन्जाल खतरनाक छ,ती नपडेका बेबकुफहरु भन्सारमा पुलिस संग मिलेर घुस,माल्पोतमा जग्गामा घुस,हरेक कार्यलयमा लुट नै लुट । ति ब्यक्तिहरु प्रतिस्प्रधाबाट गएका कमै छन। त्यो राजनीतिक भागवन्डा बाट टिका लाएर सरकारी कार्यलयमा जागिर गर्ने(यो सबैलाई भन्न खोजेको होइन,त्यहाँ इमान्दार र राष्ट्र सेवक पनि छन,उनिहरुलाई मेरो सम्मान छ )ब्यक्ती कुनै पनि हालतमा राम्रो काम गर्दै गर्दैनन । त्यो पार्टीको आडमा पैसा कमाउछ,त्यो पैसा चुनावमा पार्टिलाई सहयोग गर्छ। त्यस्ता दरिद्र ब्यक्तिहरु सरकारी कार्यालयमा हुँदा सम्म सुशासनको प्रत्याभुती कुनै हालतमा हुँदैन।
राज्यले जोजगार दिदैन,नेताले भोट् माग्दानै बिदेस पठाइ दिन्छु भनेर माग्छन । नेतालाई जिताएर सिंहदरवार पठाउछन,जन्ता नेतालाई जिताएको भोलिपल्टै कुन देस जाने भनेर सोच्नु परेको छ। आफ्नो परिवार छोडेर १५ घण्टा अरुको देशमा श्रम गर्नु पर्ने यो अवस्थाले हामीलाई मानसिक तनाब दिएको छ। हाम्रा युवाहरु परिवार छोडेर बिबस भएर रातदिन गल्फमा काम गर्छन्,नेपालमा जन्मिने तर कर्म बिदेसमा गर्ने यो यथार्थको अन्त्य हुनै पर्छ। हामी अमेरिकन डिवी पर्दा कती खुशी हुन्छौं,क्यानडा,जर्मन,फ्रान्स,कोरिया जस्ता देशहरुबाट कुनै न कुनै प्रकृयाबाट यहाँका जल्दाबल्दा युवाहरुलाई कुनै न कुनै बहानामा लगिएको छ,छानी छानी लगिएको छ,हरेक टोल र गल्लीहरुका परिवारमा पारिवारिक सदस्य बिदेसिएको देख्छौं,हरेक दिन १८०० युवा-युवतीहरु त्रिभुवन अन्तरराष्ट्रिय बिमान्स्थलबाट बाहिरिएका छन,भारत तिर गएका छन,गल्फ तिर खेदिएका छन। हाम्रा सबै सरकारी निकायहरु मुकदर्शक बनेर टुलुटुलु हिरिराछन,तिनिहरु मौन छन,तिनिहरुको के जान्छ,जागिर छ,टन्न पैसा पाका छन,जन्ता र राष्ट्रको उन्नती उनिहरुको कर्तब्यमा पर्दैन जस्तै गर्छन्। गाउ घर तिर मान्छे मर्दा जम्मा हुने मलामी समेत छैनन,सबै बिदेस छन। उनिहरु बिदेस जांदा जोश,जागर र उर्जा गएको छ। यो देशमा खाली बच्चा र बुढा खाडाहरुको बसोबास भएको छ। यो कुरालाई रोक्न नसक्ने हो भने यो देस कहिलै बिकासको बाटोमा जान सक्दैन। सबै मिलेर सही बिचार बोकेको,काम गर्ने सक्षम नेताहरु भएको पार्टीलाई माथि पुर्याउने र काम गर्न जबर्जस्ती लगाउनु पर्छ। हामी परिवर्तन हाम्रै पालामा गर्नु पर्छ,गर्न सक्छौं र यो हाम्रो जिम्मेवार हो । यसबाट हामी भाग्ने हो भने हामीलाई हाम्रै सनतती हरुले धिक्कार्ने छन |
स्याङ्जा थुमपोखरा ३ फुलबारी पिपलछाप
Disclaimer :
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Post a Comment