Headlines News :
Home » » बुबाले पाँच हजार न दिदा बिष सेवन गरी आत्महत्या

बुबाले पाँच हजार न दिदा बिष सेवन गरी आत्महत्या

Written By Unknown on Friday, December 27, 2013 | 1:26 AM



रामेछाप— देउराली गाउ विकास समिति ८ का एक युवकले बाबुसँग पैसा माग्दा नदिएको रिसमा बिहिबार बिष सेवन गरी आत्महत्या गरेका छन्।आफ्ना बाबु शेर बहादुर पौडेलसँग ५ हजार माग्दा नदिएको रिसमा कक्षा १० मा अध्ययनरत १८ वर्षीय रामचन्द्र पौडेलले बिष सेवन गरेका थिए। छोराले ५ हजार माग्दा आफूले २ सय मात्र दिएको शेरबहादुरले बताए। बुधबार आफ्नै घर देउराली पुगेर बाबुसँग पैसा मागेका पौडेलले पैसा नपाएको झोकमा बिहीबार सुनारपानी गाउ विकास समितिमा रहेको आफ्नो फुपु घरमा आएर विष सेवन गरी आत्महत्या गरेका हुन्।


नोवान नामको विष सेवन गरी मृत बनेको पौडेलको बिहीबार साँझ पोष्टमार्टम पश्चात दाहसंस्कार गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रवक्ता राजेन्द्र थापाले जानकारी दिए।

Disclaimer :
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website:RAJU BISTA | RAJU Template | A2ZMUSICVIDEOS.com
Copyright © 2011. a2zMusicVideos - All Rights Reserved