Headlines News :
Home » » किर्केट खेलमा चारै खेल जितेर टीम अब न्युजिल्यान्डतिर

किर्केट खेलमा चारै खेल जितेर टीम अब न्युजिल्यान्डतिर

Written By Unknown on Friday, December 27, 2013 | 1:07 AM


काठमाडौं– श्रीलंका भ्रमणमा विजय यात्रालाई जारी राख्ने क्रममा नेपाली क्रिकेट टोलीले बिहीबार ब्लुमफिल्ड क्लबलाई १६ रनले हराएको छ।चौथो तथा अन्तिम अभ्यास खेलमा पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाई २ सय ४६ रन जोड््यो। कप्तान पारस खड्काले अर्धशतक पूरा गरे। जवाफमा ब्लुमफिल्ड दुई बलअघि अलआउट हुँदै २ सय ३० रनमा सीमित भयो। तीब्र गतिका बलर सोमपाल कामी र स्पिनर वसन्त रेग्मीले समान ३ विकेट लिए।

ओपरद्वय सुवास खकुरेल र अनिल मण्डलले पहिलो विकेटमा ८४ रनको साझेदारी गर्दै नेपाललाई बलियो अवस्थामा पुर्‍याए। अनिलले ६३ बलमा ३८ रन बनाए। सुवासले ८२ बलमा ४१ रन जोडे। उपकप्तान ज्ञानेन्द्र मल्ल १ रनमा आउट भए।

कप्तान पारस र शरद भेषावकरले चौथो विकेटमा ७५ रनको साझेदारी गर्दै नेपालको इनिङ्स उकासेका थिए। ५८ बल खेलेका पारसले २ छक्का र ४ चौकाबाट ६२ रन बनाए। शरदले ६५ बलमा ३६ रन बनाए। विनोद भण्डारीले तीब्रगतिमा रन जोड्ने क्रममा १२ बलमा ३ छक्का र १ चौकासहित २८ रन बनाए। सागर पुनले ५, बसन्तले ९ र प्रदीप ऐरीले अविजित २ रन बनाए।

इरान खान, अमिला अपोस्नु र अडिसा नानायाकाराले २–२ विकेट तथा क्रिसन वारिरत्ने र निपुल करुणारत्नेले १–१ विकेट लिए।

जवाफ ३८ रनमा पहिलो विकेट गुमाएको ब्लुमफिल्डले त्यसपछि लगातार विकेट गुमायो। नेपाली बलर वसन्तले ७.४ ओभर बलिङ गर्दा २ मेडन राख्दै २५ रन खर्चे। सोमपालले १० ओभरमा ४७ रन दिए। अविनाश कर्ण र शक्ति गौचनले पनि १–१ विकेट लिए।

ब्लुमफिल्डबाट सादुन रणतुङ्गेले ४८, निपुन करुणारत्नेले ३१, अदिशा नानायाकाराले २९ रन जोडे।

यसअघि नेपालले मोर्स क्रिकेटक्लबलाई २ विकेट र कोल्ट्स क्रिकेट क्लबलाई ४ विकेटले हराएको थियो। तेस्रो खेलमा मंगलबार नेपालले श्रीलंका पोर्टस्समाथि २ विकेटको विजय पाएको थियो। माघ २ गतेदेखि न्युजिल्यान्डमा हुने आइसिसी क्रिकेट विश्वकप छनोटमा भाग लिन नेपाल बिहीबार राती श्रीलंकाबाट त्यसतर्फ प्रस्थान गरेको छ। छनोट स्पर्धाअघि नेपालले केही अभ्यास खेल खेल्नेछ।

Disclaimer :
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website:RAJU BISTA | RAJU Template | A2ZMUSICVIDEOS.com
Copyright © 2011. a2zMusicVideos - All Rights Reserved