>>>>> I don't like this new facebook timeline.<<<<<
Old facebook profile
तस्बीर आँफै बोल्छ भने झैँ हजुरले त थाहा पाइहाल्नु भयो होला यहाँ माथीको दुइ चित्र हेरेर मैले के भनिराख्नु पर्यो र
सबैभन्दा पहिला तपाइंले यो सोच्न जरुरी छ की तपाईं ठिक अहिले कुन Browser चलाउँदै हुनुहुन्छ जस्तै: Google chrome, firefox, opera, internet explorer, हुन त तपाईंले जुनसुकै Browser चलाए पनि फरक पर्दिन् तर मैले अहिले चर्चा गर्न खोज्दै छु Google chrome को त्यसैले हजुरले पनि Google chrome खोल्दा उचीत होला र यो लिंक मा जानुहोस
Timeline remove from google chrome:
१. अब त्यहाँ तल हेर्नुहोस तपाईं अहिले कुन Browser बाट त्यस पेजमा जाँदै हुनुहुन्छ उदाहरणको लागी तलको चित्र हेर्नुहोस र तपाइंले कुन Browser बाट हेरेको हो त्यहि Browser त्यहाँ प्लिक-प्लिक गरेर चलिराखेको देख्नुहुनेछ जस्तै Google chrome बाट हजुरले त्यो Site खोल्नुभएको हो भने Google chrome को Icon चलेको देख्नुहुनेछ र अरु ३ Icon चाहिं चलेको हुनेछैन र हजुरले त्यहाँ चलिराखेको Icon मा Click गर्नुहोस|
२. तपाइंले यहाँ माथी भने झैं यदी Google chrome मा Click गरेको हो भने यहाँ तल को जस्तो Message Taskbar भन्दा माथी देखिनेछ र हजुरले "Continue" मा Click गर्नुहोस |
४. त्यसपछी अब त्यहाँ Automatic अर्को Windows खुलिनेछ र हजुरले केहि पनि नगर्नुहोस र मात्र Browser restart गर्नुहोस मतलब Internet windows बन्द गर्नुहोस माथी (Close) button मा थिचेर अनि फेरी त्यहि Browser लाई खोल्नुहोस र facebook मा जानुहोस र आफ्नो profile मा जानुहोस अथवा अरु कोहि साथीको पहिला Timeline भएको Wall मा जानुहोस त्यहाँ हजुरले देख्नुहुने छैन
५. तर ध्यान दिनुहोला Timeline हटाउने एउटा सानो चित्र (Icon) Internet browser को माथी बसेको हुन्छ जस्तै तलको चित्र हेर्नुहोस र त्यसमा सदैब ठिक लगाएको हुनुपर्छ यदी अहिले हजुरले पनि यहाँ माथीको तरीका अपनाइसकेपछी पनि Timeline हटेको छैन भने त्यहीं गडबढी हुनुपर्छ त्यसैले माथी तय चित्रमा एकचोटी "Status: timeline remove" लेखेको ठाउँमा Click गरेर ठिक चिन्ह लगाउनुहोस र Page reload अथवा Browser restart गर्नुहोस त्यसपछी Timeline आफैँ हट्नेछ|
सुचना : याद गर्नुहोला यसरी Timeline हटाउनको लागी यदी हजुरले Google chrome बाट यो तरीका गर्नु भयो भने केवल Google chrome मा मात्रै हट्छ र अन्य Browser को लागी पनि Timeline हटाउनु पर्यो भने कुन Browser को लागी timeline हटाउने हो त्यहि Browser बाट यो तरीका अपनाउनु पर्छ जस्तै Firefox को लागी कसरी गर्ने यहाँ तल हेर्नुहोस
Timeline remove from firefox:
यदी तपाईं यहाँ माथी भने झैं गरी Firefox बाट पनि Timeline हटाउन चाहनुहुन्छ भने सबैभन्दा पहिला Firefox browser खोल्नुहोस र त्यसपछी यो लिंक मा जानुहोस याद गर्नुहोला यो लिंकमा जानुहोस भनेर मैले भनेको छु तर तपाईं लिंक Click गर्दा Firefox बाट नै हाम्रो Site मा प्रवेश गर्नुपर्छ अथवा तपाइंले Direct firefox को Address bar मा Http://timelineremove.com type गरेर Enter गर्दा पनि हुन्छ है
१. र त्यहाँ तल चलिराखेको Firefox को चित्र (Icon) मा Click गर्नुहोस
२. तपाइंले त्यहाँ तल Firefox को Icon मा Click गरिसकेपछी यहाँ तलको चित्रमा देखाए झैं गरी Windows को माथी Left side मा यस्तो Dialog box मा हजुरलाई message दिनेछ र हजुरले "Allow" मा Click गर्नुहोस|
३. जब तपाइंले Allow मा Click गरिसकेपछी अब केहि समय पर्खानुहोला किनकी त्यहाँ Downloading हुँदै छ |
४. त्यसपछी फेरी अर्को एउटा Dialog box खुल्नेछ र हजुरले त्यहाँ "Install Now" मा Click गर्नुहोस र केहि समय पछी अर्को एउटा नयाँ Windows खुल्नेछ|
र हजुरले केहि पनि नगरी अब Firefox बन्द गरेर फेरी खोल्नुहोस "Restart your firefox" त्यसपछी अब facebook मा गएर हेर्नुहोस र check गर्नुहोस Timeline हटेको छ की छैन अबश्य पनि हटेको हुनुपर्छ नहट्ने त दुइ मत नै छैन न नि कि कसो?
कृपया मैले यहाँ माथी Firefox र Google chrome को बारेमा मात्रै प्रशंसा गरेको छु Opera र Internet explorer मा भने गरेको छैन पछी फुर्सदमा त्यो पनि पुरा गर्ने छु र हाललाई माफी चाहन्छु अधुरो काम गरेकोमा तर यहाँ माथी भने झैं गरी तपाईं आफैंले पनि अन्य Browser हरुबाट पनि गर्न सक्नुहुन्छ |
र यसरी timeline हटाइसकेपछि तपाइंले मात्रै देख्नुहुनेछ Timeline हटेको र तपाइंले अरुको Timeline हेर्न खोज्दा पनि त्यस साथीको पुरानै Profile देख्नुहुनेछ मतलब हजुरले यो Idea अपनाएपछी तपाईंले चलाएको Browser बाट कसैको पनि timeline देख्नुहुने छैन |
यदी हजुरले यसको बारेमा सम्पूर्ण नबुझेमा गर्न नजानेमा अथवा सफल भएको खुसियालीमा यहाँ तल अबश्य प्रतिक्रिया दिन नबिर्सनुहोला धन्यबाद |
Disclaimer :
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..








Post a Comment