उदयपुर— वैदेशिक रोजागरीमा समुद्रपारी रहेका श्रीमान्लाई जानकारी गराएर यहाँका दुई महिलाले बुधबार राति आत्महत्या गरेका छन्। त्रियुगा नगरपालिका १६ राजाबासका २६ वर्षीया रोजिना दनुवार र ४० वर्षीया मीना दनुवारले विदेशमा रहेका श्रीमानलाई फोनमार्फत आफुहरुले आत्महत्या गर्ने समय र स्थानसमेत बताएर आत्महत्या गरेका हुन्।
स्थानीय चुरे जंगलमा गएर उनीहरु दुवैले विष सेवन गरी हत्या गरेको मृतकका आफन्त आशिष दनुवारले बताए । आशिष मृतक मीनाका भतिजा हुन् । उनका अनुसार दुवैले आत्महत्या गर्नुअघि मोवाईलबाट फोन गरी आआफ्ना श्रीमानलाई आत्महत्या गर्न लागेको समय र स्थानसमेत जानकारी गराएका थिए । आ–आफ्ना श्रीमानलाई आत्महत्या गर्न लागेको बताएको भन्दै उनीहरुका श्रीमान्हरुले विदेशबाट आफन्तलाई सो ठाउँमा गएर बँचाउन आग्रह गरेपछि आफन्त चुरे जंगल पुगेका थिए ।
'काकीले आत्महत्या गर्न लागेको कुराबारे अतालिएर विदेशबाट काकाले खवर गर्दै जानु भनेको ठाउँमा जाँदा पहिला उहाँहरुलाई भेटिएन। तर पछि त्यही मृत अबस्थामा भेट्यौँ', आशिषले भने। स्थानीयका अनुसार घरभन्दा लगभग दुई किलोमिटर टाढा त्रियुगा नगरपालिका ११ चुरे जङ्गलमा एकै ठाउँमा उनीहरु दुवैजनाको बेवारिसे लास भेटिएको हो। घटनास्थलमा बिष सेबन गरेको दुईओटा खाली बोतल भेटाइएको स्थानीय जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय उदयपुरले दुवै महिलाले एकै साथ आत्महत्या गरेको पुष्टि गरेको छ। तर, आत्महत्या गर्नुको कारण भने हालसम्म नखुलेको प्रहरी उपरीक्षक अजय भट्टराईले बताए। यसबारे अनुसन्धानपछि मात्र थाहा हुने उनले बताए । मृतक दुबैको लास पोष्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुरमा ल्याइएको र अनुसन्धान अघि बढाइएको पनि एसपी भट्टराईले बताए ।
रोजिना दुई छोराछोरी र मीना चार छोराछोरीकी आमा भएको बताइएको छ। उनीहरु दुवैजना बुधबार विहानैदेखि घरमा सम्पर्कविहीन रहेको र विहीबार दिउसो मात्र लास फेला परेको पनि स्थानीयले बताएका छन् ।
साभार;नागरिक न्युज
Disclaimer :
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..

Post a Comment