Headlines News :
Home » » Today Horoscope December 4 2013

Today Horoscope December 4 2013

Written By Unknown on Tuesday, December 3, 2013 | 5:28 PM


आजको पञ्चाङ्ग
वि. सं. २०७० साल मार्गशीर्ष १९ गते बुधबार तदनुसार ईश्वीसन् २०१३ डिसेम्बर ०४ तारिख, नेपाल संवत् :११३४, (थिल्लाथ्व)
..................
आजको राशिफल
.
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –समय अति नै राम्रो छ। पारमार्थिक काममा खटिनु पर्नेछ। परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो पनि हुनेछ। शुभ समाचार प्राप्त हुने योग छ। झैझगडा र मुद्दामामिलाभन् दा टाढै बस्नु उचित हुनेछ। अरुको कामको लागि समय र धन दुवै खर्च होला।
.
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –कसैसँग व्यर्थमा वादविवाद गर्नु पर्ला।प्रेममा धोका हुने सम्भावना छ।सन्तानपक्षको राम्रो माया मिल्नेछैन र वैवाहिक
तथा पारिवारिक जीवनमा समेत धमिलोपन देखापर्ने छ।विभिन्न ठाउँको अनावश्यक यात्रा हुनेछ। प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ।
.
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –हाँसखेल र मनोरञ्जनपूर्ण समय छ। पारिवारिक सुखमिल्नुका साथै अध्ययनअध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ। आर्थिक पक्ष सुदृढ बन्नेछ। न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ। कुनै कुरा मनमा बारम्बार आइरहने
हुँदा दोधारको अवस्था भने सिर्जना हुनसक्छ।
.
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –आज प्रतिद्वन्द्वीह रुसित सतर्क रहने दिन हो।परिवारमा पनि वैचारिक मतभेद देखापर्ने सम्भावना छ जीवनसँगीसित ठाकठुक पर्न सक्छ। मानसिक रुपमा अनावश्यक तनावको सिर्जना हुनेछ। आकस्मिक रुपमा स्वास्थ्यमा समस्या आउनसक्छ।आम्दानीमा कमी आउने छैन।
.
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –अध्ययन अध्यापन सफल रहेको छ। व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ। पशुव्यवसाय र कृषिपेशाबाट सन्तोषजनक लाभ हुनेछ। नोकरी र सामाजिक क्षेत्रबाट मानसम्मान प्राप्त हुनेछ। अहिलेसम्म गरेका कामबाट सन्तोष मान्ने ठाउँ देखिन्छ। भेटघाट राम्रै होला।
.
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –समय राम्रो छैन। घरायसी वातावरणमा केही धमिलोपन आउने छ। सामान्य कुराले पनि मन पिरोल्नेछ। मानसिक अशान्ति र बेचैनी हुने योग छ। विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ। जस कसैलाई मन पेट खोलेर नदिनु होला।
.
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –दाजुभाइ वा नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुनेदेखिन्छ। आज भोजभतेर खानपिन जस्ता कार्यमा सहभागी हुनु पर्नेछ।सानातिना कुरामा अल्मलिने समय छैन, मन एकचित्त बनाएर लक्ष्य प्राप्ति गर्ने तर्फ लागिरहनु पर्ने देखिन्छ। साथीभाइ र बन्धुबान्धवले सहयोग गर्नेछन्।
.
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ। आर्थिक लगानी गर्ने समय आएको छ। धेरैथोर लगानी गर्नु पर्नेछ।तपाईंको बोलीको प्रभाव बढ्नेछ, आफन्तले प्रशंसा गर्नेछन् र जोस र जाँगर बढ्नेछ। व्यापारिक कारोबारमा सुधार आउने योग छ।
.
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –आज डुब्न लागेको पैसा अचानक हातमा आइपुग्नेछ।नयाँ मित्र बनाउँदा मन त्यसै फुरुङ्ग हुनेछ। आर्थिक पक्षमा उल्लेखनीय लाभ प्राप्त हुनेछ। स्वादिष्ट व्यञ्जन प्राप्त हुने योग छ। रोकिएका काम बन्नेछन् र स्वास्थ्यमा समेत सुधार हुनेछ। पूर्व वा दक्षिण दिशाको लाभदायी यात्रा सम्पन्न हुनेछ।
.
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –मनमा अशान्ति र छटपटी व्याप्त हुने छ। आर्थिक समस्याले सङ्कट उत्पन्न हुनसक्छ। अध्ययन, अध्यापन रलेखनको कार्यमा खासै तत्परता देखिँदैन। साथीभाइ र आफन्तले समेत कुरा सुन्न र समय दिन सक्दैनन्।स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्ने सम्भावना छ। दिक्क र झर्को लाग्दो दिन छ।
.
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –हाँसखेल र मनोरञ्जनपूर्ण समय छ। व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढङ्गले सम्पन्न हुनेछन्।अर्थलाभका अवसर आउने छन्। राजनैतिक चासो पनि बढ्नेछ।तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ। सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ।
.
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –विभिन्न महत्वपूर्ण दिनहरू मध्ये आजको दिन विशेष महत्वको दिन हुनेछ। सुखसुविधा र मनोरञ्जनमा भुलिने समय छ। आज धार्मिक, सामाजिक वा सांस्कृतिक काममा खट्नु पर्ने दिन पनि हो, जसबाट प्रशंसा र शुभ कुराको सङ्केत प्राप्त हुनेछ। नयाँ कामका निम्ति हौसला मिल्नेछ। अर्थलाभका अवसरआउने छन्।

Disclaimer :
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website:RAJU BISTA | RAJU Template | A2ZMUSICVIDEOS.com
Copyright © 2011. a2zMusicVideos - All Rights Reserved