
आजको पञ्चाङ्ग र राशीफल २०७० साल मंसिर १७ गते सोमबार आजको पञ्चाङ्ग
गरिसकेका छन् । हेमन्त ऋतु चल्दै छ ।चान्द्रमान अनुसार मार्गशीर्षकृष्णपक्ष चलिरहेको छ । शौरमान अनुसार आज मार्गशीर्षकृष्णपक्षको चतुर्दशी तिथि ३ घटि २९ पला अर्थात बिहानमा ८ बजेर २ मिनेटसम्म त्यसउप्रान्त अमावश्य तिथि लाग्नेछ । आज सूर्य वृश्चिक राशिमा रहेको छ भने चन्द्रमा वृश्चिक राशिमा अहोरात्र रहनेछ । आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ६ बजेर ३९ मिनेटमा मैत्र मुहूर्तमा भैसकेको छ भने सूर्यास्त साँझ ५ बजेर ०६ मिनेटमा हुनेछ ।
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –स्वास्थ्यमा एक्कासि खरावी आउने छ,खानपानमा ध्यान पु-याउनुहोला, शोक पर्ने समाचार प्राप्त हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –आदर सत्कार पाइने, व्यापारबाट लाभ हुन सक्ने, टाढाको यात्रा सफल रहने, दिन अत्यन्तै शुभ रहने छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –आरोग्यता, प्रशन्नता, सवै कामबाट लाभ, आर्थिक पक्ष सवल रहनेछ, धार्मिक कार्यमा मन जाने छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)–आफन्तसंग कलह हुन सक्छ, मन चञ्चल हुनाले, वायूरोगले सताउनेछ सतर्क रहि कार्य सम्पन्न गर्नुहोला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –मानसिक पीडा थपिने, आँखामा खरावी आउने,
अपजस पाइने, समग्रमा दिन खराब रहेकोछसजक हुनुहोला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –धन तथा जमिन लाभ पाइने, सरकारी सम्मान
मिल्ने, आफन्तसंग भेटघाट हुनेछ, दिनरमाइलो हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –सरकारी काम नबन्ने, यात्रामा विभिन्बाधा आईपर्नेछ, इज्जतमा आँच आउने, कुनै न कुनै रोगले सताउने छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि,यु) –शत्रुमाथि विजयले घरमा नया चहल पहल हुने,शैक्षिक प्रगति, आफन्तको सहयोगलेअधुरो कार्य पूरा हुने छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –खाना नपच्ने, चोटपटकको भय, नकारात्मक सोचाई, धनमाल हराउन सक्नेछहोसियारी अपनाउनु होला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)–यशकीर्ति बढ्न,े शत्रुमाथि विजयी हुनाले
घरमा नयाँ चहलपहल हुने, अधुरा कार्य पूरा,दिन शुभ रहनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –स्वास्थ्यमा क्रमिक सुधार हुने, कार्य अधुरा रहनेछन, आफन्तले कुरा काट्ने,व्यापारमा मन्दी आउनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) आफन्तबाट विरोध हुने पेशा प्रति असन्तुष्टि हुँदै जानेछ,आम्दानीमा कमी हुने, खर्चमा बृद्धि हुनेछ ।
Disclaimer :
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Post a Comment