आजको राशिफल »
वि. सं. २०७० साल पौष ०८ गते सोमबार तदनुसार ईश्वीसन् २०१३ डिसेम्बर २३ तारिख, नेपाल संवत् :११३४,
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अहिलेको समय तपाईंको पक्षमा छैन। सुखी र विलासितापूर्ण जीवन व्यतीत गर्न मन लालायित हुनेछ। भोगविलास र शृङ्गारिक सामाग्री खरिद गर्न धन खर्च हुनेछ। मातापिता र अभिभावक वर्गसँगको सम्बन्धमा तिक्तता आउन सक्छ।सेवाक्षेत्रमा अनावश्यक दबाबको सिर्जना हुनेछ,नचाहेको जिम्मेबारी वहन गर्नुपर्ने हुनसक्छ।
~
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) हिजोआज राम्रै समय चल्दैछ। शुभसमाचारको आगमनले मन प्रसन्न रहने छ। धेरथोर सामाजिक कामको लागि समय र धन खर्च गर्ने समय आएको छ।उपहार पुरस्कार आदि मिल्नेछ। नयाँ काम गर्ने सोच बनाउनु भएको छ भने आज त्यसका लागि अनुकूल समय आएको छ।
~
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)हिजोआज राम्रै समय चल्दैछ। शुभसमाचारको आगमनले मन प्रसन्न रहने छ। धेरथोर सामाजिक कामको लागि खर्च गर्ने समय आएको छ। उपहार पुरस्कार आदि मिल्नेछ। नयाँnकाम गर्ने सोच बनाउनु भएको छ भने आज त्यसका लागि अनुकूल समय आएको छ।
~
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) हिजोआज राम्रै समय चल्दैछ । आर्थिक अवस्थामा दृढता आउने छ । कृषि तथा कृषिजन्य व्यवसायमा संलग्नहरुका लागि यथेष्ट लाभ लिन सकिने समय छ। सामाजिक र पारिवारिक सम्बन्ध सुदृढ हुनेछ। दिन रमाइलो गरी बित्नेछ। गरगहना वा कुनै भौतिक सामान खरिद गर्ने पक्षमा हुनुहुन्छ भने आज त्यसका निम्ति राम्रो दिन छ।
~
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) हाँसखेल र मनोरञ्जनपूर्ण समय छ। धर्मकर्ममा रुचि बढ्ने योग छ। मिष्ठान्न भोजन प्राप्त हुनेछ। अरुबाट तपार्इंका कामको उच्च मूल्याङ्कन हुने सङ्केत छ। बोल्दा ख्याल गर्नुहोला। प्रशंसा, बढुवा वा जिम्मेवारी मिल्ने देखिन्छ। आज कुनै अप्रत्याशित काम बन्ने योग छ।
~
कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )आज किसिमकिसिमका समस्यासित जुध्नु पर्ने परिस्थिति छ। झैझगडा र मुद्दामामिलाभन्दा टाढै बस्नु उचित हुनेछ। यात्रा घातक बन्न सक्छ, धेरै टाढा नजानु होला। आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ। दान पुण्यको कार्य गर्नु होला,आम्दानीका मार्ग प्रशस्त हुनेछन्।
~
तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते ) घरपरिवारबाट भरमग्दुर सहयोग प्राप्त हुने छ।आजको सानो प्रयासले रोजगारीको राम्रो अवसर हात पर्न सक्छ। सरकारी जागिरेका लागि उपयुक्त समय आएको छ, प्रशंसा, बढुवा वा जिम्मेवारी मिल्ने देखिन्छ। आज कुनै अप्रत्याशित काममा सहयोग गर्नु पर्ला।
~
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)आज धैर्यधारण गरी परिश्रम गर्ने दिन हो। व्यवसायिक क्षेत्रमा खासै फेरबदल हुने योग छैन।प्रतियोगितात्मक क्रियाकलापमा सफल हुनुहुने छ। आम्दानीमा कमी आउने छैन। पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ। अभिभावकवर्ग, गुरुजन र ठूलाबडाको आशीर्वाद प्राप्त भएमा कुनै महत्त्वपूर्ण कार्य सम्पन्न हुनेछ।
~
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) विद्वान र प्राज्ञिक व्यक्तिहरूबाट सम्मान र प्रतिष्ठा प्राप्त हुनेछ। विदेश वा दूरदराजमा बसेका व्यक्तिहरुसँग सुमधुर सम्बन्ध कायम हुनेछ। लामो दूरीको लाभदायक यात्राको सम्भावना छ। धार्मिक, सामाजिक र सांस्कृतिक क्रियाकलापमा संलग्न हुन मन लाग्नेछ। सुखसुविधा र विलासिताका साथमा समय बित्नेछ। मातापिता र अभिभावक वर्गसँगको सम्बन्ध सुमधुर रहने छ।
~
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)आजको दिन आँफू स्वयंलाई कुनै ठूलो उद्योग वा प्रतिष्ठानमा नजोड्नु नै बेस हुनेछ। यो जोखिम मोल्ने समय होइन। तपाईंले आँफूले गरेका प्रयास र उद्यममा निराशा भोग्नुपर्छ। स्वास्थ्यसम्बन्धी विविध समस्याहरू आइपर्ने छन्। परिवारको कुनै सदस्यको स्वास्थ्यसम्बद्ध
चिन्ता हुनसक्छ। अनावश्यक यात्राबाट जोगिनु राम्रो हुनेछ।
~
कुम्भ(गु, गे, गो, सा, सि, सु, से, सो, द)समय राम्रो छ। प्रेममा सफलता प्राप्त हुने योग छ। सामान्य विवादले ठूलो रूप लेला तर पनि तपाईंकै विजय हुनेछ। नआत्तिकन निर्वाह गर्नुहोला। सरकारी जागिरेका लागि उपयुक्त समय आएको छ, कतै छोटो दुरीको विशिष्ट र लाभदायी यात्रा पनि हुन सक्छ।
~
मीन(दि, दु, थ, झ, ञ, दे, दो, च, चि)मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । अचानक भोगविलासमा तिर्सना जाग्नेछ, विपरीतलिङ्गीप्रति अनावश्यक आकर्षण बढ्न सक्छ।माया र प्रेमका लागि समय र धन दुबै खर्च हुनसक्छ।तर्क, विवाद र झैझगडाबाट टाढा रहनु राम्रो हो।कुनै नयाँ काम सुरु गर्नुपर्ने छ भने आमाको आशीर्वाद थाप्न नबिर्सनुहोला।
Disclaimer :
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Post a Comment