Headlines News :
Home » » Today Horoscope 22th Decmber 2013

Today Horoscope 22th Decmber 2013

Written By Unknown on Saturday, December 21, 2013 | 9:50 PM


आजको पञ्चाङ्ग र राशीफल

२०७० साल पौष ७ गते आइतबार आजको पञ्चाङ्ग आज मिति २०७० साल पौष ७ गते आइतबार,तदनुसार दिसम्वर २२ सन् २०१३, श्रीशाके १९३५, नेपाल संवत् ११३४, पराभवनामकह संवत्सरह, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा प्रवेश गरिसकेका छन् । हेमन्त ऋतु चल्दै छ ।चान्द्रमान अनुसार पौषकृष्णपक्ष चलिरहेको छ । शौरमा अनुसार आजnपौषकृष्णपक्षको पञ्चमी तिथि ४२ घटि २३ पला अर्थात राति ११ बजेर ४९ मिनेटसम्म त्यसउप्रान्त षष्ठी तिथि लाग्नेछ । आज सूर्य धनु राशिमा रहेको छ भने चन्द्रमा कर्कट राशिमा ९ घटि ३६ पला अर्थात बिहानमा १० बजेर ४३ मिनेटसम्म त्यसउप्रान्त सिंह राशिमा प्रवेश गर्नेछ । आज दिनमान २५ घटि ५० पलाको रहनेछ । आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहानठीक ६ बजेर ५३ मिनेटमा रौद्र मुहूर्तमा भैसकेको छ भने सूर्यास्त साँझ ५ बजेर १२ मिनेटमा हुनेछ ।

आजको राशिफल
-----------------
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –टाढाको यात्रामा शारीरिक पीडा,सोचेजस्तो काम गर्न असफल, आफन्तबाट धोका,दिन सामान्य रहेकोछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –खेलकुदबाट मनोरञ्जन प्राप्त हुनेछ,सकारात्मक सोचाईले गर्दा आर्थिक लाभ, स्वास्थ्य राम्रो रहनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –धार्मिक कार्यतिर समय खर्च हुने, पति–पत्नीबीच वैमन्यश्यता, आम्दानीका श्रोत घट्ने, दिन खर्चालु हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)– इष्टमित्रबाट सहयोग गर्नेछन, आफन्तसंग रमाइलो भेटघाट, प्रेम प्रसँग सुमधुर रहने, यात्रा फलदायी रहनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –शत्रुहरू सक्रिय हुनेछ, धनमल हराउन सक्नेछ,नकारात्मक सोचाइले गर्दा आर्थिक नोक्सानी, दिन खराब रहनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –मनमा उत्साह बढ्नेछ, स्वास्थ्यमा क्रमिक सुधार, वैदैशिक रोजगारको अवसर मिल्नेछ, समय राम्रो छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –सरकारी काम असफल हुनेछ, पारिवारिक विवाद थपिने, दीर्घ रोगको सुरुवात हुनेछ सतर्क रहनुहोला ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि,यु) –मनोरञ्जन तिर मनजाने,रमाइलो भ्रमणको अवसर, पारिवारमा खुसीयालीले गर्दा दिन सुखमय हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –यात्रामा अवरोध हुन सक्नेछ, पेट रोगले सताउनेछ, स्त्रीवर्गसँग किचलो हुनेछ, गरेको कार्य अर्थहिन हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)–राजनीतिक दुःख झेल्नुपर्ने, आत्मीयजनबाट धोका र कलहले दिनभर मनमा तनाव हुनेछ हासियार हुनुहोला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –आँखामा खराबी आउन सक्नेछ, पढाई असफल हुन सक्ने, दिनभर नैरास्यता बढ्ने समय खराब छ जोगिनुहोला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –सन्तानको सहयोगले अधुरा कार्य पूरा, उत्साह उमंग थपिनाले दिन अत्यन्तै राम्रो रहनेछ उपयोग गर्नुहोला ।

Disclaimer :
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website:RAJU BISTA | RAJU Template | A2ZMUSICVIDEOS.com
Copyright © 2011. a2zMusicVideos - All Rights Reserved