Headlines News :
Home » » सपना र फल । (Dreams and its result )

सपना र फल । (Dreams and its result )

Written By Unknown on Friday, December 20, 2013 | 12:44 AM




त्यसो त सपनाको बारेमा भिन्न भिन्न धारणाहरु बिद्यमान छन। कोहि सपनालाई केवल सुषुप्त मनलेउब्जाएको कोरा कल्पना मान्छन भने कोहि भने हरेक सपनाले भिन्न भिन्न अर्थ राख्‍ने र ती सपनाहरुलेमानव भविश्य र मनोदशाको संकेत गर्ने बताउँछन । भिन्न भिन्न धर्म र समुदायमा कुनै एक सपनाको बारेमापृथक पृथक अर्थहरु समेत छन, भने यता केहि समयमा सपनाको वैज्ञानिक खोजि गर्ने कार्यहरु पनि चलिरहेका छन। वैज्ञानिकहरु मै पनि सपनाको अर्थ र संकेतको बारेमा मतभेदहरु भए पनि सपनाको अध्ययनबाटकुनै पनि मानिसको मनोदशा र मानसिक विकास आदि बुझ्न भने यस्ले निकै मद्दत गर्ने कुरा प्रमाणितभैसकेको छ।
कस्तो सपना देखेमा कस्तो फल मिल्छ भन्ने वारेमा गुरु केदार बरालको संकलन

सपना==>फल

:आकाशमा मास्तिर उड्नु टाढा-टाढाको यात्रा गरिन्छ, जसले लाभ हुन्छ ।
:आकाशमा उड्नु लाभ हुन्छ ।
:आकाशबाट झर्न समाजमा बेइज्जती हुन्छ ।
:आकाश देख्नु प्रतिष्ठा मिल्छ, सरकारबाट धेरै धन प्राप्त हुन्छ ।
:आकाशमा बादल देख्नु सरकारको कृपा हुन्छ, व्यवसायमा वृद्धि हुन्छ ।
:पानी पर्नु बिरामी पर्ने या जाल फरेबमा फसिने सूचना हो ।
:पानी एकै ठाउँ परिरहनु परमात्माको कृपाले अन्न सस्तो हुने सूचना हो ।
:बिजुलीका साथ पानी परेको देख्नु बिरामी भए निको होइन्छ, ऋण भए फच्चे हुन्छ ।
:जमीनसम्म देख्नुदौलत मिल्छ ।
:जमीनमा जोतेको, छरेको, रोपेको देख्नु संसारका हरेक काम पूरा हुन्छ । जीवन आरामले बित्छ ।
:आकाशका धूलो वा आँधी देख्नु त्यस देशमा लडाइँ वा तूफान हुने सूचना हो ।
:बिजुली देख्नु मालदार हुइन्छ ।
:जमीनमा मिल्नु वरवाद होइन्छ, फरेबमा फसिन्छ ।
:जङ्गलमा हिँड्नु धार्मिक उन्नति गर्छ, आफ्नु धर्ममा जीवनभर रहन्छ ।
:जङ्गलमा खानु पिउनु धेरै धन मिल्छ या धन प्राप्त गर्न परिश्रम गर्छ ।
:माटो खानु धेरै धन मिल्छ, अथवा बेइज्जत हुन्छ ।
:माटोमा हिँड्नु धनी होइन्छ ।
:ईनार खन्नु आम्दानीको वृद्धि हुन्छ या व्यापारबाट लाभ हुन्छ, दुनियाँले तिमीबाट लाभ पाउँछ ।
:इनारबाट सिँचाइ गर्नु आफ्नु धनबाट केही परमात्माको काममा पर र्सार्छ, दीन-दुःखीलाई मद्दत गर्छ ।
:इनारबाट पानी निकालेर कुनै रुखमाहाल्नु दीन वा दुःखीहरुको सेवा गर्छ ।
:इनारबाट पानी पियाउनु साधु वा महात्माको सेवा गर्छ ।
:इनारबाट पानी निकाल्नु आम्दानीमा वृद्धि हुन्छ ।
:इनारमा झर्नु मुसीबतमा फसिन्छ, शोक वा सन्तापमा परिन्छ ।
:इनारबाट निस्कनु जिन्दगी आसानीसँग बित्छ या हरेक ठाउँमा सफलता प्राप्त हुन्छ ।
:पानीमा हिँड्नु कुनै राजालाई प्रशन्न पार्छ, अन्धाधुन्ध उन्नति गर्छ ।
:खोलामा बाढी देख्नु रीस या मुसीबतको सूचना हो ।
:नदीमा अँध्यारो देख्नु परेशान हुइन्छ, पागल बनिन्छ, शोक पर्छ ।
:सोतो तर्नु मरण नजीकिएको निशानी हो ।
:नदी या कुलोमा नुहाउनु कुनै खुसीको कुरो हुन्छ, बिरामी निको हुन्छ, पाप कर्म छोडिदिन्छ ।
भुसमा भासिनु मुसीवत या शोकमा फस्नुपर्ने सूचना हो ।
:कुलाको फोहोर पानी पिउनु कुनै रोगमा फस्ने सूचना हो ।
:कुलोलाई अर्कातिर बगाउनु शोक वा मुसीबत हटेर खुसी हुइन्छ ।
:हौज देख्नु कुशल जीवन व्यतीत हुन्छ वा नोकरी वा व्यवसायमा लाभ हुन्छ ।
:नाउ देख्नु शोक वा दुःखबाट छुट्छ । राजाको आज्ञाको दण्डबाट छुट्छ ।
:नाउमा चढेको देख्नु राजाज्ञाको अपराधमा गिरफ्तार हुन्छ, थोरै दिनपछि छुट्छ ।
:नाउबाट सुखा भुइँमा उत्रनु दुश्मन विजय प्राप्त हुन्छ, अगाध दौलत मिल्छ ।
:नाउलाई सुखा मैदानमा देख्नु मुसीबत आउँछ, भारी शोकमा प्राप्त हुइन्छ ।
:जमीनमा केही बनाउनु असल दिलको हुइन्छ ।
:ताराको चमक देख्नु राजाको कृपाले लाभ हुन्छ, परिवार बढ्छ ।
:तारा समूहलाई अति चम्किलो देख्नु देश धनी हुन्छ, देशको शासनव्यवस्था राम्रो हुन्छ; संसारमा त्यो देशको प्रतिष्ठा बढ्छ ।
:तारा निल्नु चोरी गर्छ र तकलीफमा फस्छ ।
:तारालाई हातमा लिनु गुणवान् छोरी जन्मिन्छे या कसैबाट लाभ हुन्छ ।
:नाउसहित आफूलाई डुबेको देख्नु राजाज्ञाको अपराधमा गिरफ्तार भएर कैद हुइन्छ ।
:पहाड देख्नु शत्रुमाथि विजय प्राप्त हुन्छ ।
:पहाडमा हिँड्नु इज्जत मिल्छ, धेरै धन पाइन्छ ।
:पहाडको मालिक हुनु कुन ठूलो व्यक्तिको मालिक हुइन्छ या आफ्नु शत्रुलाई परास्त गरेर वशमा बसाइन्छ ।
:पहाडमा लडेको देख्नु कसैलाई हैरान पार्छ या कुनै दुष्टलाई नाश गर्छ ।
:पहाडमा बाटो हिँडिरहेको देख्नु धैर्यवान् वा साहसी हुइन्छ ।
:पहाडमा प्वाल पार्नु कसैसँग जालसाँजो गरिन्छ ।
:पहाडमा चढ्नु अगाध उन्नति हुन्छ । दौलत हात लाग्ने निशानी हो ।
:पान खानु स्त्री प्रसङ्ग (यौनसम्बन्ध) हुने
:पिँजडा देख्नु जेल-नेल पर्ने ।
:हरियो वन देख्नु शुभ समाचार मिल्ने ।
:सुख्खा वन देख्नु चिन्ता हुने ।
:चन्द्रमा प्रतिष्ठा मिल्ने ।
:ग्रहण आपत पर्ने ।
:खाना बनाउनु सन्तान बिरामी हुने ।
:सुन पाउनु धन जाने, हानी हुने ।
:र्सप मार्नु कष्टबाट छुटकरा पाउने
:हस्ताक्षर गर्नु धनहानि हुनु ।
:बिरालोले टोक्नु दर्घटना पर्ने तर बच्ने 

राम्रा सपनाअन्नबाली, घोडचढी,कमलको फुल,गोरु, गाइ, गुरु, सेतो रंगको फुल, दही, चामल, चादीका भाडा, हात्ती, राजा महाराजा, सिहासन, फल, सेतो बस्तुवा पदार्थ, कपास, मिठाइ, देबताको प्रतिमा वा मुर्ति,बिद्धान बाहुन, सधवा आइमाइ, ध्वजा, समुन्द्र स्नान, गंगाको स्नान, तारा, चन्द्रमा, देवता, मन्दिर, गित संगीत, पर्बतारोहण, फलेकोबृक्ष, फुलेको फुल, केटाकेटी, हतियार प्राप्ती, शरीरमा तेज आउनु, पुस्तक रचना वा अध्ययन, सन्त महात्मा, दुध खानु,फल खानु,सर्प, लास वा लास लादै गरेको, स्वर्गका अप्सरा, गायनकला, भाषण, बन्धनबाट छुटेको, भरीएको भाडो, तोरण, रुदैगरेको ब्यक्ति नराम्रा सपनाआगो, जल्दैगरेको चिता, खाली भाडा, दात भाचिनु, कपाल झर्नु,रातो वा कालो कपडा, गुलीयो बस्तुखानु, काडा,शत्रु, राक्षस, भैसी, रागो, बादर, हतियार, सुकेको बृक्ष बस्तु,खरानी, फासीमा झुण्डाएको,हावामा उडेको,बाढी, मान इज्यतमा कमी आउनु, अपमानीत हुनु, सर्पहरुसग खेल्नु,ग्रहण लाग्नु, उल्लु, आधी तुफान, जलमग्न हुनु, डुबेको देख्नु, पानी नभएको पोखरी, तलाउ,इनार, खोला, चोर्नु, नकाब मकुण्डो, भुतप्रेत, पहिरो, पुल, तार चुट्नु, स्त्री वा पुरुषसग जर्बजस्ति गर्नु, शरिरमा हिलो लाग्नु, एकान्त बनमा एक्लै हुनु, पसिनाले भिज्नु, प्रिय ब्यतिको मृत्युको खबर सुन्नु, होहल्ला, बिबाह भएको, बिवाह मण्डब घुमेको


Disclaimer :
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website:RAJU BISTA | RAJU Template | A2ZMUSICVIDEOS.com
Copyright © 2011. a2zMusicVideos - All Rights Reserved