Headlines News :
Home » » विदेशिएकी नेपाली चेलीको ब्येथा फेसबुकमा

विदेशिएकी नेपाली चेलीको ब्येथा फेसबुकमा

Written By Unknown on Thursday, December 19, 2013 | 6:51 PM


गोकुल बानियाँ,पोखरा ३ पुष ।

बुधबार अन्तराष्ट्रिय आप्रबासी दिबस मनाईरहदा रोजगारीको लागि बिदेशिएका नेपालीले गहभरी आशु लिएर स्वदेशलाई सम्झिएका छन् । रोजीरोटीको लागि बिदेशीनुपरेको बाध्यता पोख्दै उनिहरुले परिवारबाट टाढा हुनुपर्दाको पिडा ओकलेका छन् । 

रोजगारीको लागि स–साना छोराछोरी छोडेरईजरायल पुगेकी चितवन अयोध्यापुरी –३ की सरिस्मा बरालले फेसबुक मार्फत परिवारबाट टाढा हुदाको पिडा पाखेकी छिन् । ‘ राम्रो नाना, मिठो खाना, उचित शिक्षा अनि छिट्टै फर्किने बाचा गरी साना लाला बालालाई फकाउदै गहभरी आशु लिई झोला बोकेर बिदेशीदिएको आज ५ बर्ष पुगेछ । ’

बिदेशीदा मनमा सजाएका कतिपय सपना पुरा नभएपनि मन बुझाउन बाध्य भएको उनले बताएकी छिन् । आफु बिदेशमा हुदा दिदी गुमाउदाको दुखेसो उनले फेसबुकमै पोखेकी छिन् । बरालको घरमा १५ बर्षिय छोरा र १७ बर्षिय छोरी छन् । सुखद भबिश्यको खोजीमा बिदेशीदा उल्टै थुप्रै सपना टुटेको उनले बताईन् । 


ईजरायल नेपाली महिलाहरुको लागि बैदेशिक रोजगारीमा सुरक्षित गन्तब्य मध्यको एक मानिन्छ ।पछिल्लो तथ्याङक अनुसार ईजरायलमा मात्रै करिब २० हजार नेपाली महिलाहरु कार्यरत छन् । 


स्वदेशमै रोजगारीका प्रसस्त अबसर नहुदा र योग्यता अनुसारको उचित पारिश्रमिक नपाउदा बिदेशिन बाध्य नेपाली मध्य अधिकांशको पिडा यस्तै छ । घर परिवारबाट बिछोडिएर बिदेशी भूमिमा पसिना बगाउदा घर परिवार र आफ्नो देशलाई सम्झेर आप्रवासी नेपालीहरुले आशुको घुड्को पिउन बाध्य छन् । 

Disclaimer :
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website:RAJU BISTA | RAJU Template | A2ZMUSICVIDEOS.com
Copyright © 2011. a2zMusicVideos - All Rights Reserved