
विवाह गर्दा होस् या प्रेम गर्दा होस् धेरै कुराको विचार गर्नु पर्दछ । जीवनमा कसैसँग वास्तविक विवाह र प्रेम एक जनासँग मात्र हुन्छ । त्यसैले विवाह गर्नुपूर्व विद्यावान् रुपवान गुणवान प्रतिभावान र उतमकुलमा जन्मेको वर र त्यस्तै पवित्र कुलमा जन्मेकी रुप गुण यौवन भेषभुषा बोलीवचन र नम्र स्वभाव भएकी कन्यासँग विवाह गर्नु उतम हुन्छ । दाम्पत्य जीवन सुखी होस् भन्ने उदेश्यले हाम्रा पूर्वज ऋषि - महर्षिहरुद्धारा प्रतिपादित ज्योतिषग्रन्थहरुलाई व्यवहारमा उतार्न सकेको खण्डमा जीवन सुखी साथै भावी सन्ततिहरु पनि असल बन्नेछन् । प्रेम सम्वन्ध होस् या कुनै पनि व्यक्तिसँग जस्तोसुकै सम्बन्ध होस् राशि राशि बीचको सम्बन्धले पनि दुवैको जीवनमा प्रत्यक्ष वा परोक्ष असर पारेको हुन्छ । हामीलाई कुनै व्यक्ति देख्नसाथ दया लाग्दछ भने कुनै व्यक्ति देख्नसाथ रिस उठ्छ किन त यसको ठूलो रहस्य छ । किनकि राशि राशि बीचमा राशिगत स्वभाव गुण र प्रकृति अलग - अलग हुन्छ । त्यसैले एक राशिको मालिक र अर्को राशिको मालिकसँग शत्रुता छ भने ती दुई बीच कुनै पनि सम्बन्ध रहेमा राम्रो हुन सक्दैन । तर दुई राशिबीच समगुण मित्रस्वभाव र समप्रकृति छ भने ती दुई राशिबीच पनि सम्बन्ध रहेमा सम्बन्ध दिगो रहन्छ ।
ज्योतिषशास्त्रमा राशिलाई विभिन्न किसिमले विभाजन गरिएको छ । जस्तै ः- वर्ण वश्य तारा योनी राशिश गण कूट र नाडी आदिबाट राशिलाई बुझ्न सक्छौं । राशिलाई वर्णगत तरिकाबाट विचार गर्दा चार भागमा विभाजन गरिएको छ । जस्तै ः- ब्राह्मण वर्ण क्षत्रीय वर्ण वैश्य वर्ण र शुद्र वर्ण । यसरी जातिगत हिसाबले हेर्दा ब्राह्मणादि वर्णमा पर्ने राशिहरु हुन ः- कर्कट वृश्चिक र मीन । क्षेत्रीय वर्णमा पर्ने मेष िसंह र धनु । वैश्य वर्णमा पर्ने वृष कन्या र मकर । शूद्र वर्णमा पर्ने मिथुन तुला र कुम्भ हुन् ।
कुनै व्यक्तिसँग प्रेम गर्दा विवाह गर्दा अथवा घरमा नोकर चाकर आदि राख्दा मालिकको भन्दा नोकर चाकरको वर्ण सानो हुनु जरुरी छ । विवाह गर्दा कन्याको वर्णभन्दा वरको वर्ण उच्च रहेमा राम्रो सम्बन्ध हुन्छ । यसरी जीवनलाई अझ बढी सुमधुर बनाउनका लागि गणको पनि ठुलो भुमिका छ । गणलाई तीन भागमा छुट्याउन सकिन्छ ः देवगण मनुष्यगण राक्षसगण ।
-देवगण अन्तर्गत नौ नक्षत्रहरु पर्दछन् । हस्ता रेवती पुनर्वसु तिष्य स्वाती मृगशिरा श्रवण अश्विनी र अनुराधा यी नक्षत्रमा जन्मनेहरुको देवगण हुन्छ ।
-मनुष्यगण अन्तर्गत पर्ने नौ नक्षत्रहरु हुन् पुर्वफाल्गुन उत्तरफाल्गुनी पुर्वषाढा पूर्वभाद्रपदा उत्तरभाद्रपदा आर्दा भरणी र रोहिणी ।
-राक्षसगणमा पर्ने नौ नक्षत्रहरुमा कृतिका अश्लेषा मघा चित्रा विशाखा ज्येष्ठा मूल धनिष्ठा र शतभिषा हुन् ।
माथि उल्लेखित गणमा पर्नेहरुले कुन गणसँग सम्बन्ध रहेमा राम्रो र कुन गणसँग सम्बन्ध रहेमा नराम्रो हुन्छ भन्ने कुरा बुझ्नु आवश्यक छ । त्यस कारण सम्बन्ध राख्ने ब्यक्ति बीचमा एउटै गण भएमा अत्यन्त राम्रो हुन्छ भने देवगण - राक्षसगण भएमा झगडा देवगण-मनुष्यगण भएमा सामान्य सम्बन्ध र राक्षसगण-मनुष्यगण बीच प्रेम होस् या अन्य कुनै सम्बन्ध रहेमा भयङ्कर शत्रुता र मृत्युसम्म हुनसक्छ भन्ने उल्लेख छ । विशेष गरी विवाहमा गण आदि मिलाएर विवाह गरिन्छ ।
दुई व्यक्ति बीचको सम्बन्धलाई अझ बढी सुमधुर बनाउन योनीको पनि ठूलो महत्व छ । विवाह गर्दा वर र कन्याको राशिगत एउटै योनी भएमा अतिमित्रता हुन्छ । मित्र योनी भएमा केवल मित्रता र वैर योनी भएमा सम्बन्ध राख्ने दुई बीच उदासिनता उत्पन्न हुन्छ । नक्षत्र अनुसार योनी निर्धारण हुन्छ । जस्तै ः- आश्विनी नक्षत्रमा जन्मनेहरुको अश्व योनी भरणी नक्षत्रमा जन्मनेको गज योनी कृतिका नक्षत्रमा जन्मनेको अज योनी रोहिणी नक्षत्रमा जन्मनेको सर्प योनी र मृगशिरादि क्रमश नक्षत्र हुनेहरुको सर्प कुकुर बिरालो भेडो बिरालो मूसो मूसो गाई भैंसी बाघ भैंसी बाघ मृग मृग कुकुर वानर न्याउरी मूसो वानर िसंह अश्व िसंह गाई र हात्ती । यसरी क्रमश ः नक्षत्रगत तरिकाबाट योनी थाहा पाएपछि एक आपसमा शत्रुता योनी लिई जन्मने ब्यक्ति ब्यक्ति बीच सम्बन्ध रहन गयो भने जीवन दुखद् बन्दछ ।
कुकुर र बिरालो न्याउरीमूसो र सर्प गाई र बाघ िसंह र हात्ती इत्यादि वैर योनी व्यक्ति भएका वर वधु नोकर र मालिक साथी साथी र बालक बालक बीच सम्बन्ध रहेमा यिनीहरु बीच राम्रो सम्बन्ध रहदैन । त्यसकारण जस्तोसुकै सम्बन्धमा पनि योनीगत प्रभाव परेको हुन्छ । तसर्थ वैरयोनीको विचार गरी सम्बन्ध राख्नुपर्दछ ।
Disclaimer :
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Post a Comment