Headlines News :
Home » » शरदले नागरिकता नपाएको भए, उनी नेपाली टिममा हुने थिएनन्

शरदले नागरिकता नपाएको भए, उनी नेपाली टिममा हुने थिएनन्

Written By Unknown on Sunday, December 1, 2013 | 8:40 PM



सायद यसपल्टको भाग्य शरद भेषवाकरको नभई नेपालकै थियो । जब-जब शरदले इनिङ्सको अन्तिम क्षणमा ब्याट घुमाए, चौका र छक्का बर्सियो । र, नेपालले जित चुम्यो ।

समूह चरणमा केन्यासँगको खेल होस् या हङकङविरुद्धको महत्त्वपूर्ण क्याटरफाइनल  (जुन खेल जितेर नेपाल विश्वकपमा छनोट भयो) वा यूएईविरुद्ध तेस्रो स्थानका लागि भएको खेल । तीनै खेलमा नेपाललाई अन्तिम ओभरमा क्रमशः केन्यासँग १७, हङकङसँग १३ र यूएईसँग ११ रनको खाँचो थियो । शरदले ब्याट घुमाए र केन्याविरुद्ध नटआउट, हङकङविरुद्ध नटआउट र यूएईविरुद्ध रन बटुल्दै नेपालको जित सुनिश्चित गरे । सम्पूर्ण दर्शक र टिमका सदस्य दबाबमा रहेको स्थितिमा शरदले भने सानदार रूपमा 'कुल' फिनिसिङ गरे । आजको कान्तिपुरमा जगदिश्वर पाण्डेले समाचार लेखेका छन् ।
शरदकै उत्कृष्ट प्रदर्शनमा नेपाल पहिलोपल्ट ट्वान्टी-ट्वान्टी विश्वकप क्रिकेटमा पुग्न सफल भयो । असोज ७ गतेअघिसम्म शरद नेपाली टिमबाट यूएईमा आईसीसी ट्वान्टी-ट्वान्टी विश्वकप छनोट खेल्न जाने कुनै ग्यारेन्टी थिएन । शरद आफैंले भने 'हरेस' खाएका थिएनन् । उनमा खेल्न पाउँदिन कि भन्ने पीडा मनभित्र त थियो तर पनि उनले नियमित कडा मिहिनेतमा ग्रेयर घटाएनन् ।
शरदले २०५१ मा बनाएको नाबालक प्रवेशाज्ञाबाट राहदानी बनाएर नेपालको प्रतिनिधित्व गर्दै आएका थिए । राहदानीको मिति कात्तिकमा टुंगिँदै थियो । भारतीय बाबु र नेपाली आमाका छोरा शरद सानैदेखि नेपाल बस्दै आए पनि र १५ वर्षदेखि नेपालका तर्फबाट क्रिकेट खेल्दै आए पनि सरकारले नागरिकता दिएको थिएन ।
नेपाल क्रिकेट संघ (क्यान) को पहलमा उनले असोज ७ मा नागरिकता पाए । शरदकी आमा हिमानी खडा मात्र होइन, सारा नेपाल खुसी भयो । टिमका हरेक सदस्य खुसी भए । शरद भने नागरिकता लिएकै दिन काठमाडौंको जिल्ला प्रशासन कार्यालयमा राहदानी र्फमको तयारी गरिरहँदा गम्भीर थिए । 'किन यस्तो दिन पनि खुसी हुनु हुन्न र ?' भन्ने प्रश्नमा शरदले भनेका थिए, 'यो त एउटा प्रक्रिया हो, सबैभन्दा मुख्य कुरा त नेपाल विश्वकप पुग्नु हो । मैले अहिले नागरिकता पाए पनि देशलाई विश्वकप पुर्‍याउन सकिनँ भने के काम हुन्छ र !'
र, यतिखेर सफलता चुमेर उनी मात्र होइन, सिंगो नेपाल खुसीले गद्गद् छ । आइतबार साँझ उनीसहितको नेपाली क्रिकेट टोली त्रिभुवन विमानस्थलमा उत्रँदा नेपाली खेलप्रेमीको खुसी छचल्किएर राजधानीको सडक राष्ट्रिय झन्डा फहराउँदै गुन्जयमान भयो, 'छक्कै छक्का हानिन्छ, विश्वकप खेलिन्छ ।'
यू-१५ उमेर समूहदेखि अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेका शरदले सन् २००४ मा राष्ट्रिय सिनियर टिममा 'डेब्यु' गरेका हुन् । मध्यक्रमका ब्याट्सम्यान शरद आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन-५, डिभिजन--४, डिभिजन-३ र
एसीसी ट्रफी एलिटमा नेपाललाई जिताउँदा टिमको मुख्य सदस्य रहे । उमेर समूहका केही खेल नेपालका लागि राम्रो फिनिसर बन्दै निभाए । प्रायः पाँचौं वा छैटौं नम्बरमा ब्याटिङ गर्न उत्रने शरदले यसै वर्षको अप्रिल-मेमा बर्मुडामा भएको डिभिजन-३ को फाइनल खेलमा युगान्डाविरुद्ध नटआउट ५० रनको उत्कृष्ट इनिङ्स खेले र नेपाललाई च्याम्पियन बनाए ।
शरद अहिले ब्याटिङमा बढी केन्दि्रत छन् । प्रशिक्षक पुवुदु दासानायके र कप्तान पारस खडाले उनीबाट त्यस्तै आशा गरेका छन् । बीचमा केही समय उनले अप-स्पिन पनि फ्याले र राम्रो भूमिका निर्वाह गरे । एक वर्षअघिसम्म पनि शरदलाई टिममा सामेल गर्न ठाउँ खोज्नुपर्ने अवस्था थियो । तर अहिले शरद टिमका मुख्य सदस्य भएका छन्, चाहिएका बेलामा टिमलाई जित दिलाउन सक्ने भएर ।
नेपालले यसपल्ट यूएईमा रन फ्याँक्दा चार खेलमा विजयी रन शरदले नै हानेका छन् । उनले डेनमार्कबाहेक बाँकी तीन खेलमा उत्कृष्ट रूपमा नेपाललाई जिताए ।
शरदले यसपल्ट समयमै नागरिकता नपाएको भए, उनी नेपाली टिममा हुने थिएनन् । खेल हर्दा उनको अनुपस्थितिमा नेपाललाई ऐतिहासिक सफलता हात पथ्र्योरपर्थेन यसै भन्न सकिन्न ।

Disclaimer :
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website:RAJU BISTA | RAJU Template | A2ZMUSICVIDEOS.com
Copyright © 2011. a2zMusicVideos - All Rights Reserved