Headlines News :
Home » » यौन सम्बन्धी नयाँ तथ्य

यौन सम्बन्धी नयाँ तथ्य

Written By Unknown on Friday, December 6, 2013 | 11:57 PM





अमेरिकाको राष्ट्रिय सर्भे कम्पनीले गरेको सर्वेक्षणवाट यौन-जीवनका सम्बन्धमा नयाँ तथ्यहरू बाहिर आएका छन्। यसले विगतमा विद्यमान भ्रमहरूलाई चिरेको छ। उक्त सर्वेक्षणमा आधारित पुस्तकसमेत प्रकाशित छ, 'ह्वाट वुमन वान्ट्स ः एड्भेन्चर इन साइन्स अफ फिमेल डिजायर' शीर्षकमा।

यो सर्वेक्षण तीन उमेर समूहमाझ गराइएको थियो। पहिलो २५ देखि ३०, दोस्रो ३१ देखि ४५ र तेस्रो ४६ वर्षभन्दा माथी। सर्भेमा केही असहज प्रश्न पनि सामेल थिए, जसको सहभागीहरूले खुलेर जवाफ दिए। सहभागीहरूको नाम भने गोप्य राखिएको थियो। हफिंगटन पोस्टका अनुसार सर्वेक्षणमा करिब १० हजार जनाले भाग लिएका थिए।

सर्भेले यौन मात्र होइन, प्रेम सम्बन्धका बारेमा पनि खोज गरेको थियो। दाम्पत्य जीवन, लिभ इन रिलेसनसिपमा रहेकाहरू, गर्लफ्रेन्ड-ब्वाइफ्रेन्डको जीवनसँग जोडिएको यो सर्वेक्षणको नतिजा अमेरिकी सरकारसमक्ष प्रस्तुत गरिएको थियो। पुस्तकका लेखक डेनियल बर्गनरले भनेका छन्— यसमा महिलासँग सम्बन्धित यस्तो तथ्य वाहिर आएको छ, जसका बारेमा हामीबीच विपरीत धारणा थियो।

-    सर्वेक्षणअनुसार यदि लामो आयु चाहने हो भने, विवाह गर्नुपर्छ। विवाहपश्चात् नियमित रूपले यौनसम्बन्ध स्थापित गरेपछि मन शान्त हुन्छ, साथै यसले शारीरिक स्वास्थ्य पनि कायम राख्छ। जसले गर्दा आयु बढ्छ।

-    यौनसम्बन्ध स्थापित गर्नुअघि एवं पछि कामको बोझ दिमागबाट हटाउनुपर्ने सोधमा उल्लेख छ। यसका लागि एक ग्लास वाइन पिउन सकिने सुझाव छ।

-    जुन स्त्री-पुरुष कहिल्यै विवाह गर्दैनन्, उनीहरूको मृत्यु क्यान्सरबाट हुने सम्भावना प्रबल हुन्छ। अविवाहितहरूमा स्तन तथा प्रोटेस्ट क्यान्सरको जोखिम हुन्छ।

-    यौनमा सक्रिय ७२ प्रतिशतले बिना सुरक्षा नयाँ साथीसँग यौनसम्बन्ध राखेको पाइन्छ।

-    मृत्युका बारेमा सोच्ने पुरुषहरू धेरैभन्दा धेरै सन्तान जन्माउने इच्छा राख्छन्।

-    गर्भनिरोधक गोलीले महिलाको पिसाब निकाल्ने 'एस्ट्रोजेन' खाद्य श्रृंखला तथा पेयजल दूषित गर्न सक्छ। यो हार्मोनले नै क्यान्सर निम्त्याउन सक्छ।

-    गर्भनिरोधक गोली सबैभन्दा बढी १५ देखि २५ वर्ष उमेर समूहका महिलाले प्रयोग गर्छन्। किनभने यो उमेरमा असुरक्षित यौन सम्बन्ध बढी हुन्छ।

-    पति-पत्नीमा प्रेम सम्बन्ध सुमधुर राख्न दुवैबीच नियमित रूपमा यौन सम्बन्ध आवश्यक छ। यसले दुवैवीच राम्रो सम्वन्ध स्थापित गर्छ।

-    पति-पत्नीमध्ये कसैमा यदि यौनसम्बन्धी समस्या भए, पत्नीले तुरुन्तै पतिलाई बताउँछन्। जबकि यस्ता कुरा पतिले खुलाउँदैनन्।

-    कुमारहरू विवाहितको तुलनामा बढी चिन्ताग्रस्त हुन्छन्। उनीहरू चाँडै बिरामी पनि पर्ने गरेका छन्।

-    नियमित यौनसम्बन्ध स्थापित गर्नाले हृदयरोग, उच्च रक्तचाप, मधुमेहजस्ता रोगको जोखिम कम हुन्छ।

-    समाजमा यौनका सम्बन्धमा नकारात्मक धारणा छ। यद्यपि वयस्कका निम्ति यौनसम्पर्क अपरिहार्य छ।

-    महिलाहरू यौनक्रियाका क्रममा धेरै मुस्किलले चरम सीमासम्म पुग्छन्, जबकि पुरुषले चाँडै त्यो आनन्द प्राप्त गर्न सक्छन्।

-    कम से कम ४० प्रतिशत युवतीलाई जव गर्भनिरोधकको आवश्यकता हुन्छ, त्यतिबेला उनीहरूले सहजै प्राप्त गर्न सक्दैनन्।

-    धेरैजसो मानिस के सोच्छन् भने कन्डमको प्रयोगले यौन सम्बन्धमा चरमोत्कर्ष प्राप्ति हुँदैन। त्यसैले विर्य स्खलनअघि मात्र कन्डम लगाउँछन्। यद्यपि वीर्य स्खलन अघि पुरुष लिङ्गबाट पानी जस्तो पदार्थ निस्कन्छ र त्यसमा पनि सुक्राणु हुन्छ जुन महिलाको अन्डाशयसम्म पुग्ने सम्भावना धेरै हुन्छ।

-    कतिपय पुरुषको लिङ्ग केही टेढो हुन्छ। उनीहरूलाई के लाग्छ भने यो कुनै विकार हो। यद्यपि विकारको स्थिति त्यतिबेला उत्पन्न हुन्छ, जब टेढो हुनुका साथै त्यसमा पीडा र सुन्निने समस्या हुन्छ।

Disclaimer :
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website:RAJU BISTA | RAJU Template | A2ZMUSICVIDEOS.com
Copyright © 2011. a2zMusicVideos - All Rights Reserved