केहि दिन अगाडी बर्षकै सर्वाधिक सफल चलचित्र काली देखाउनको लागी हङकङ पुगेकी नायिका रेखा थापाले त्यही बाट एउटा उदघोष गरेकी थिइन|नायिका थापाले रेखा थापा फाउन्डेसन खोलेर समाजसेवामा लाग्ने उदघोष अनुसार नै अभिनेत्री थापा लगायतको टोलीहरु यतिबेला नेपालको पश्चिमाञ्चलको सुर्खेत जिल्लामा छन ।
रेखा थापा फाउन्डेसन खेलेर समाजसेवा सुरु गरेकी नायिका थापाले शनिबार बिकट जिल्ला सुर्खेतको बिकट ठाउमा बसोबास गर्दै आइरहेका राउटे जातिका ५२ परिवारलाई एक महिना सम्मको लागी ५२ बोरा चामल साथै केही नगद रकम पनि सहयोग गरिन । नायिका थापाको यो सरहनीया कामबाट त्यहाका राउटे समुहहरुले नायिका थापा पनि आज देखि आफ्नै परिवारको सदस्य भएको बताए । रेखा थापा फाउन्डेसनको टोली सहित नायिका थापा आइतवार डडेल्धुरा पुगेर त्यहाका राउटेहरुसंग पनि भेट्ने योजना रहेको छ ।
त्यसैगरी नायिका थापा मंगलबार राउटे बालबालिकाहरुसंग २४ घण्टा जंगलमा बिताउने भएकि छिन । रेखा थापाको आफनै अध्यक्षतामा रहेको रेखा थापा फाउन्डेसनले राउटे चेपाङ लगायतका बालबलिकाको हितमा काम गर्ने योजना अगाडि अनुसार नै सुरुमा चारजना राउटे बच्चाबाट यो कार्य सुरुवात गर्नको लागी नै अहिले नायिका राउटेहरु बसोबास गर्ने ठाउमा पुगेकि हुन । रेखा थापा फाउन्डेसनले ५ देखि ९ बर्षसम्मका राउटे बच्चाहरुलाई काठमण्डौ लगेर रेखा थापा फाउन्डेसन मार्फत शिक्षा तथा पालनपोषण गर्ने भएका छन। ती राउटे बालबालिकालाइ आम नागरिकसरह शिक्षा दिएर सफल नागरिक बनाउनुको साथै तीनीहरुको आमा बनेर नागरिकता समेत दिलाउने रेखा थापा फाउन्डेसनको उद्देश्य रहेको छ । अहिलेलाई नायिका रेखा थापाले अफना् चलचित्र काली को हङकङ बाट प्रदर्शित रकम नै रेखा थापा फाउन्डेसनको यो कार्यमा लगानी गरेकी छिन ।
Disclaimer :
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..


Post a Comment