Headlines News :
Home » » नेपाली किर्केटर शरदको तुलना महेन्द्रसिंह धोनीसँग

नेपाली किर्केटर शरदको तुलना महेन्द्रसिंह धोनीसँग

Written By Unknown on Sunday, December 1, 2013 | 12:54 AM



१६ मंसिर, काठमाडौं । यूएईविरुद्ध पनि शानदार प्रदर्शन गरेपछि नेपाली क्रिकेटर शरद भेसवाकरलाई भारतीय कप्तान महेन्द्र सिंह धोनीसँग तुलना गरेका छन् ।

अवुधाबीबाट प्रकाशित हुने अग्रेजी पत्रिका द नेशनलले आफ्नो अनलाइन संस्करणमा लेखेको छ-’शरद भेषवाकरका लागि सचिन तेन्दुलकर सर्वकालिन हिलो भएपनि उनले एमएस धोनीको शैलीमा खेल सकाए ।’
अन्तिम ओभरमा नेपाललाई ११ रन चाहिएको समयमा क्रिजमा उनै भेषवाकर थिए । उनले लगातार टक्का हानै नेपालले ट्वान्टी-२० विश्वकप छनोटमा नेपाललाई तेस्रो बनाए ।
हङकङलाई ५ विकेटले पराजित गर्दै नेपाललाई अर्को बर्ष बंगलादेशमा हुने ट्वान्टी-२० विश्वकपमा पुर्‍याउने क्रममा पनि भेषवाकरको प्रदर्शन उत्कृष्ट थियो । उनले प्रतियोगिताको ३ खेलमा नेपाल कठिन अवस्थामा रहेको बेला अन्तिम ओभरमा छक्का हान्दै जीत दिलाएका छन् । केन्याविरुद्ध अन्तिम ओभरमा मात्र उनले १७ रन बनाएका थिए ।
यस्तै हङकङविरुद्ध १३ रन चाहिएको अवस्थामा उनले एक छक्का, एक चौका हान्नुका साथै अन्तिम बलमा घेरा हालेर बसेका हङकङका फिल्डरहरुलाई जिल्याउँदै एक रन जोडेर नेपाललाई विश्वकपमा पुर्‍याएका थिए ।
त्यो अवस्थामा मसँग कुनै विकल्प थिएन । अग्रपंत्तिका अरु व्याट्सम्यान आउट भइसकेका थिए । मसँग खेलको अन्तिमसम्म टिकेर खेल्नुको विकल्प थिएन र मैले त्यसै गरेँ’ शरदले भनेका छन् ।

Disclaimer :
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website:RAJU BISTA | RAJU Template | A2ZMUSICVIDEOS.com
Copyright © 2011. a2zMusicVideos - All Rights Reserved