Headlines News :
Home » » कती पय नेपालको राष्टिय किर्केट खेलाडी सशस्त्रकै सबभन्दा तल्लो पद को काम गर्थे

कती पय नेपालको राष्टिय किर्केट खेलाडी सशस्त्रकै सबभन्दा तल्लो पद को काम गर्थे

Written By Unknown on Saturday, November 30, 2013 | 9:37 PM


Nepali Cricket Team
काठमाडौं-नेपाली क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ललाई भदौमा बंगलादेश गएर ढाका लिग खेल्ने प्रस्ताव आएको थियो। केहीअघि उनी क्यानाडामा समेत क्लब क्रिकेट खेलेर आएका थिए । पारिश्रमिकका हिसाबले ज्ञानेन्द्रका लागि ढाका लिग लोभलाग्दो थियो ।
तर, उनी ढाका गएनन्। सशस्त्र प्रहरीमा स्थायी जागिर खाने चाहनाअनुरूप उनले ढाका लिगको प्रस्ताव त्यागे।

ज्ञानेन्द्रले आफ्नो भविष्य हेरे, क्षणिक लाभ होइन।

उनै ज्ञानेन्द्रसहितको नेपाली राष्ट्रिय टोलीले बुधबार नेपाललाई ट्वान्टी–२० विश्वकप क्रिकेटमा प्रवेश दिलाएर ऐतिहासिक सफलता हासिल गरेको छ।

ज्ञानेन्द्र मात्र होइन, राष्ट्रिय टोलीका ८ खेलाडी दुई वर्षदेखि सशस्त्र प्रहरीको नेपाल एपिएफ क्लबमा अनुबन्धित छन्। उनीहरूले पाउने तलब मासिक १० हजार रुपैयाँ मात्र हो। यति पाउन थालेको पनि ६ महिना मात्र भयो। क्रिकेट खेलाडी आबद्ध गर्ने पहिलो विभागीय टोली एपिएफले ६ महिनाअघि डिभिजन ३ जितेपछि आफ्ना खेलाडीको पारिश्रमिक ८ हजारबाट बढाएर १० हजार पुर्याएको थियो।

अनुबन्धित खेलाडीका रूपमा एपिएफमा आबद्ध हुँदाहुँदै ज्ञानेन्द्रसहित नेपाली टोलीका अमृत भट्टराई र वसन्त रेग्मीले सशस्त्रकै परिचर पदमा जागिरका लागि निवेदन दिए। परिचरको तलब पनि १० हजार हाराहारी नै हुन्छ। स्थायी जागिर भएकाले रासनसहित अन्य सुविधा पाइन्छ। त्यही भएर अनुबन्धित खेलाडीको भन्दा परिचरको तलब झन्डै ५ हजार बढी हुन्छ। परिचर सशस्त्रकै सबभन्दा तल्लो पद हो। भाँडा माझ्ने, भुइँ पुछ्नेजस्ता काम परिचरले गर्नुपर्छ। तर, क्रिकेट मैदानमा बसुञ्जेल उनीहरूले यी काम गर्नुपर्दैन। खेले पुग्छ।

परिचर निम्ति आवदेन दिएका तीनै खेलाडीले फिटनेस टेस्ट (शारीरिक परीक्षण) पास गर्नुपर्ने थियो। कीर्तिपुरमा ट्वान्टी–२० राष्ट्रिय प्रतियोगिता चलिरहेको बेला थियो त्यो। उनीहरू सशस्त्रकै लागि खेलिरहेका थिए। त्यो प्रतियोगिता राष्ट्रिय टोलीको छनोटको आधार पनि थियो। राष्ट्रिय प्रतियोगिता नखेले विश्वकप छनोटमै खेल्न पाइन्थेन। त्यही भएर प्रतियोगितामै एकोहोरिएका उनीहरूले फिटनेस टेस्ट निम्ति समय पाएनन्।

कीर्तिपुरको खेल सकिनेबित्तिकै हलचोक पुग्दा भर्नाको मुख्य आधार मानिएको फिटनेस टेस्टको समय सकिइसकेको थियो। बेलुकी गाडीको बत्ती बालेर सडकमा दौडिएर फिटनेस टेस्ट लिने भनियो। यसरी दौडिँदा चोट लाग्ने सम्भावना देखेर उनीहरूले मानेनन्। र, यही कारण परिचरमा भर्ना हुने उनीहरूको लक्ष्य पूरा हुन सकेन।

'खेलाडीलाई परिचरमा भर्ना हुन दौडी भन्नुको तुक छैन, फिटनेस टेस्टमा उनीहरूको उपस्थिति नै पर्याप्त हुन्छ,' सशस्त्रका एक अधिकारी भन्छन्, 'खेलाडीलाई सोझै भर्ना लिनुपर्ने व्यवस्था हुनुपर्छ। भर्नामा अनुशासन कडा नबनाए सम्पूर्ण संरचनामाथि शंका हुन्छ, तलका कर्मचारी डराएर खेलाडीको पनि भर्ना रोकिदिन्छन्।'

सन् २००१ मा भारतलाई अस्ट्रेलियाविरुद्धको घरेलु शृंखला जिताउन २१ विकेट लिएर प्रमुख भूमिका खेलेपछि हरभजन सिंहलाई सोझै प्रहरी निरीक्षक बनाइएको थियो। २०११ मा विश्वकप जितेपछि उनी प्रहरी उपरीक्षकमा बढुवा भए। नेपालमा भने यसको ठिकविपरीत छ। नेपाल प्रहरीमा आबद्ध क्रिकेट खेलाडीहरू विनोद दास, मनोज कटुवाल र मञ्जित श्रेष्ठ अहिलेसम्म प्रहरी जवानमै अड्किइरहेका छन्। शैक्षिकसहित अन्य योग्यता पुगे पनि क्रिकेटसँगै खेलाडीलाई हेर्ने शैलीमा कुनै फरक छैन।

क्रिकेट खेलाडीले राष्ट्रका लागि खेल्दा पाउने पारिश्रमिक अझ परिचरको भन्दा कम हुन्छ। नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीबाट खेल्ने खेलाडीहरूलाई मासिक ५ हजार रुपैयाँ पारिश्रमिक दिँदै आएको छ। विश्वकप प्रवेश गरेसँगै क्यानले बिहीबार यो रकम बढाएर १० हजार रुपैयाँ पुर्याएको छ। यो रकम राष्ट्रिय प्रतियोगिता खेल्न आउने जिल्लाका खेलाडीहरूलाई एउटा पूर्ण 'किट' किन्नधरी पुग्दैन।

'राष्ट्रिय टोली बाहिरका खेलाडीले ८–१० हजारको एउटा ब्याटसहित मध्यमखाले पूर्ण किट किन्दा १७–१८ हजार लाग्छ,' राष्ट्रिय टोलीका पूर्व कप्तान विनोद दासले भने, 'नेपाली टोलीका खेलाडीले प्रयोग गर्ने एउटै ब्याटको २० हजार रुपैयाँसम्म पर्छ।'

केही समययता क्यानले नेपाली टोलीमा परेका खेलाडीलाई ब्याट किनेर दिने गरेको छ। त्यसअघि त खेलाडी आफैंले जोहो गर्नुपथ्र्यो। युएई जानुअघि क्यानले प्रत्येक खेलाडीलाई झन्डै ४६ हजार पर्ने ब्याट दिएको थियो।

नेपालबाट खेल्दा खेलाडीले दैनिक २५ डलरसम्म भत्ता पाउँछन्। ६ महिना अघिसम्म खेल भएको दिन आयोजकले खुवाउने 'लन्च'बाहेक प्रतियोगिताभरि यही पैसाले खाना खानुपथ्र्यो। खेलाडीले सुविधा बढाउन भनेपछि एसिसी ट्वान्टी–२० कपदेखि क्यानले खानाको रकम छुट्टै व्यवस्था गरिदिएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले 'मिसन विश्वकप' भनेर यसपटक क्रिकेट खेलाडीलाई भत्ता दिने निर्णय गरेको थियो। यसअनुसार हाल युएईमा रहेका नेपाली टोलीका सदस्यले सबै जोडेर दिनको ६० डलर भत्ता पाउँछन्।

खेलाडीको सबभन्दा आपत्ति क्रिकेट संघको व्यवस्थापनसँगै छ। 'जसरी हामी खेलाडी राम्रो प्रदर्शन गर्न नसकेपछि टोलीबाट बाहिरिन्छौं, त्यसैगरी क्यानका पदाधिकारीले पनि कि आफैंले राजीनामा दिनुपर्यो, होइन भने काम गर्नुप¥यो' भन्दै पारस नेपाली टोली लिएर युएई लागेका थिए।

पछिल्लो ६ महिना नेपाली क्रिकेटका लागि निकै निर्णायक थियो। विश्वकप छनोटको योजना बनाउनेदेखि यो अवधिको क्यालेन्डर तयार पार्नुपर्ने थियो। तर खेलाडीले क्यानका अध्यक्ष टंक आङबुहाङलाई यो समयमा कमै मात्र कार्यालय वा मैदानमा भेट्ने अवसर पाए। उल्टो यही बेला समयमै आर्थिक प्रतिवेदन नबुझाएपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषदले नेपाललाई ८४ हजार डलर जरिवाना लगायो। अध्यक्ष आङबुहाङ र महासचिव अशोकनाथ प्याकुर्यालको दुई समूह ८४ हजार डलर जरिवानाको दोष एकअर्कालाई थुपार्न व्यस्त रहे।

क्यान सदस्य सञ्जिव पाण्डे 'अध्यक्षको काम निर्देशन दिनु भएको' बताउँछन्। 'अध्यक्षले निर्देशन दिने हो, काम अरूले गर्छ,' अध्यक्ष आङबुहाङनिकट पाण्डे भन्छन्, 'अध्यक्षको नेतृत्वमा बनाएको हाई पर्फर्मेन्स कमिटीले दिल्ली डिस्ट्रिक क्रिकेट एसोसिएनसँग दुईपक्षीय सम्झौता गर्यो र हामी त्यहाँ गएर ७ खेल खेल्यौं। खेलाडीको सुविधा बढाइदियौं। यसले पनि विश्वकपमा छनोट हुन केही भए पनि प्रभाव पारेको छ।'

नेपाल ट्वान्टी–२० र एकदिवसीय विश्वकपको छनोटमा पुगेसँगै राखेपले राष्ट्रिय टोलीमा रहेका खेलाडीलाई ८ महिनाका लागि प्रतिमहिना १० हजार रुपैयाँ दिने निर्णय गरेको थियो। यसअनुरुप खेलाडीले त्यो पारिश्रमिक अहिले पाइरहेका छन्। जनवरीमा न्युजिल्यान्डमा एकदिवसीय विश्वकप छनोट खेलेसँगै राखेपको यो ८ महिनाको अवधि सकिनेछ। राष्ट्रिय खेलाडीहरू फेरि क्यानको पारिश्रमिकले दैनि
की चलाउन बाध्य हुनेछन्।

त्यतिखेरसम्म सम्भवतः विभागीय टोलीमा परिचरका लागि दरखास्त आह्वानको अर्को सूचना आइसकेको हुनेछ।

Via:Nagariknews
Celebret Nepali Selected Nepali Cricket 20/20 Worldcup


Disclaimer :
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website:RAJU BISTA | RAJU Template | A2ZMUSICVIDEOS.com
Copyright © 2011. a2zMusicVideos - All Rights Reserved