Headlines News :
Home » » Dally Horoscope 27,September,2013

Dally Horoscope 27,September,2013

Written By Unknown on Thursday, September 26, 2013 | 6:18 PM


२०७० साल आविश्न ११ गते शुक्रबार



आजको पञ्चाङ्ग
आज मिति २०७० साल आश्विन ११ गते शुक्रबार, तदनुसार सिताम्वर २७ सन् २०१३, श्रीशाके १९३५, नेपाल संवत् ११३३, पराभवनामकह संवत्सरह, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा प्रवेश गरिसकेका छन् । वर्षा ऋतु चल्दै छ । चान्द्रमान अनुसार आश्विनकृष्णपक्ष चलिरहेको छ । शौरमान अनुसार आज आश्विनकृष्णपक्षको अष्ठमी तिथि ३९ घटि २५ पला अर्थात साँझ ९ बजेर ४१ मिनेटसम्म त्यसउप्रान्त नवमी तिथि लाग्नेछ । आज सूर्य कन्या राशिमा रहेको छ भने चन्द्रमा मिथुन राशिमा अहोरात्र रहनेछ । आज दिनमान २९ घटि ५५ पलाको रहनेछ । आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ५ बजेर ५४ मिनेटमा विभिषण मुहूर्तमा भैसकेको छ भने सूर्यास्त साँझ ५ बजेर ५३ बजे हुनेछ ।

आजको राशिफल
मेष ः खेलकुदबाट मनोरञ्जन प्राप्त हुनेछ, सकारात्मक सोचाईले गर्दा आर्थिक लाभ, स्वास्थ्य राम्रो रहनेछ ।
वृष ः सरकारी काम असफल हुनेछ, पारिवारिक विवाद थपिने, दीर्घ रोगको सुरुवात हुनेछ सतर्क रहनुहोला ।
मिथुन ः मनमा उत्साह बढ्नेछ, स्वास्थ्यमा क्रमिक सुधार, वैदेशिक रोजगारको अवसर मिल्नेछ, समय राम्रो छ ।
कर्कट ः टाढाकोे यात्रामा शारीरिक पीडा हुन सक्ने, सोचेजस्तो काम गर्न असफल, आफन्तबाट धोका हुनेछ ।
सिंह ः इष्टमित्रबाट सहयोग गर्नेछन, आफन्तसंग रमाइलो भेटघाट, प्रेम–प्रसँग सुमधुर रहने, यात्रा फलदायी रहनेछ ।
कन्या ः धार्मिक कार्यतिर समय खर्च हुने, पति–पत्नीबीच वैमन्यश्यता बढ्ने, आम्दानीका श्रोत घट्न सक्नेछ ।
तुला ः यात्रामा अवरोध हुन सक्नेछ, पेट रोगले सताउनेछ, स्त्रीवर्गसँग किचलो हुने, गरेको कार्य अर्थहिन हुने ।
वृश्चिक ः शत्रुहरू सक्रिय हुनेछ, धनमल हराउन सक्नेछ, नकारात्मक सोचाइले गर्दा आर्थिक नोक्सानी हुनेछ ।
धनु ः मनोरञ्जन तिर मनजाने, रमाइलो भ्रमणको अवसर, पारिवारमा खुसीयालीले गर्दा दिन सुखमय हुनेछ ।
मकर ः सन्तानको सहयोगले अधुरा कार्य पूरा, उत्साह उमंग थपिनाले दिन अत्यन्तै राम्रो रहनेछ, दिन शुभ छ उपयोग गर्नुहोला ।
कुम्भ ः राजनैतिक दुःख झेल्नुपर्ने, आत्मीयजनबाट धोका र कलहले दिनभर मनमा तनाव हुनेछ होसियार हुनुहोला ।
मीन ः आँखामा खराबी आउन सक्नेछ, पढाई असफल हुन सक्ने, दिनभर नैरास्यता बढ्ने, समय खराब छ जोगिनुहोला ।

आजको साइत ः आज दक्षिण दिशाको यात्रा बाहेक अन्य कुनैपनि दिशाको यात्रा नगर्दा राम्रो हुनेछ ।

आजको शुभ, लाभ र अमृत बेला ः आज २०७० साल आविश्न ११ गते शुक्रबार बिहान ५ः५४ बजेदेखि ७ः२४ बजेसम्म चर बेला, बहानमा ७ः२४ बजेदेखि ८ः५४ सम्म लाभ बेला, बिहानमा ८ः५४ बजेदेखि १०ः२४ बजेसम्म अमृत बेला, बिहानमा १०ः२४ बजेदेखि ११ः५४ बजेसम्म काल बेला, बिहान ११ः५४ बजेदेखि दिनमा १ः२४ बजेसम्म शुभ बेला, दिनमा १ः२४ बजेदेखि २ः५४ बजेसम्म रोग दिनमा २ः५४ बजेदेखि ४ः२४ बजेसम्म उद्वेग साँझ ४ः१४ बजेदेखि ५ः५४ बजेसम्म चर बेला रहनेछ । यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय ः बिहानमा १०ः३० बजेदेखि १२ः०० बजेसम्म राहुकाल रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
राशिफल लेखक युवा ज्योतिषी ः हरि पन्त

Disclaimer :
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website:RAJU BISTA | RAJU Template | A2ZMUSICVIDEOS.com
Copyright © 2011. a2zMusicVideos - All Rights Reserved