आजको पञ्चाङ्ग आज मिति २०७० साल मंसिर १६ गते आइतबार , तदनुसार दिसम्वर १ सन् २०१३,
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मनमा उत्साह बढ्नेछ, स्वास्थ्यमा क्रमिक सुधार, वैदेशिक रोजगारको अवसर मिल्नेछ,
समय राम्रो छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –धार्मिक कार्यतिर समय खर्च हुने, पति–पत्नीबीच वैमन्यश्यता बढ्ने,आम्दानीका श्रोत घट्न सक्ने ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –सरकारी काम असफल हुनेछ, पारिवारिक विवाद थपिने, दीर्घ रोगको सुरुवात हुनेछ सतर्क रहनुहोला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)–शत्रुहरु सक्रिय हुनेछ, धनमल हराउन सक्नेछ,नकारात्मक सोचाइले गर्दा आर्थिक नोक्सानी हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –टाढाको यात्रामा शारीरिक पीडा हुन सक्ने,सोचेजस्तो काम गर्न असफल, आफन्तबाट धोका हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –यात्रामा अवरोध हुन सक्नेछ, पेट रोगले सताउनेछ, स्त्रीवर्गसँग किचलो हुने,गरेको कार्य अर्थहिन हुने ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –इष्टमित्रबाट सहयोग गर्नेछन, आफन्तसंग रमाइलो भेटघाट, प्रेम–प्रसँग सुमधुर रहने, यात्रा फलदायी हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि,यु) –मनोरञ्जन तिर मनजाने,रमाइलो भ्रमणको अवसर,पारिवारमा खुसीयालीले गर्दा दिन सुखमय हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –राजनैतिक दुःख झेल्नुपर्ने, आत्मीयजनबाट धोका र कलहले दिनभर मनमा तनाव हुनेछ
होसियार हुनुहोला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)–सन्तानको सहयोगले अधुरा कार्य पूरा, उत्साह उमंग थपिनाले दिन अत्यन्तै राम्रो रहनेछ उपयोग गर्नुहोला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –खेलकुदबाट मनोरञ्जन प्राप्त हुनेछ, सकारात्मक सोचाईले गर्दा आर्थिक लाभ,स्वास्थ्य राम्रो रहनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –आँखामा खराबी आउन सक्नेछ, पढाई असफल हुन सक्ने, दिनभर नैरास्यता बढ्ने समय खराब छ जोगिनुहोला ।
Disclaimer :
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..

Post a Comment